एलेक्सजेन्डरलाई स्वर्ण
आइतबार, १७ श्रावण २०७८खेलपाटी संवाददाता

एजेन्सी । जर्मनीका टेनिस स्टार एलेक्सजेन्डर ज्वेरभले टोकियो ओलम्पिकमा टेनिसको पुरुष एकलमा स्वर्ण पदक जितेका छन् ।
आइतबार भएको खेलमा रुसी खेलाडी करिन खाचानोभलाई पराजित गर्दै एलेक्सजेन्डरले स्वर्ण जितेका हुन् ।
पाँचौं वरीयताका एलेक्सजेन्डरले खाचानोभलाई ६-३ र ६-१ को सेटमा पराजित गरे ।
यस अघि सेमिफाइनलमा एलेक्सजेन्डरले नोभाक जोकोभिचलाई हराएका थिए ।
यस्तै खाचानोभले स्पेनका पाब्लो बुस्टालाई हराएका थिए ।
महिलातर्फको स्वर्ण स्विट्जरल्यान्डकी बेलिन्डा बेनिसिचले जितिन् ।






-1767335931387.jpeg&w=3840&q=75)









