जोकोभिच कास्य पदकबाट बन्चित
शनिबार, साउन १६, २०७८खेलपाटी संवाददाता

एजेन्सी । विश्व नम्बर एक सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिच टोकियो ओलम्पिकको पुरुष एकलतर्फ कास्य पदक जित्न असफल भएका छन् ।
शनिबार कास्य पदकको लागि भएको खेलमा जोकोभिच स्पेनका पाब्लो बुस्टासँग पराजित भए ।
जोकोभिचलाई ६-४, ६-७ (६-८) र ६-३ को सेटमा पराजित गर्दै बुस्टाले कास्य पदक जितेका छन् ।
स्वर्ण पदकका लागि भने जर्मनीका एलेक्सजेन्डर ज्वेरभ र रुसी खेलाडी करिन खाचानोभबीच प्रतिस्पर्धा हुनेछ ।
सेमिफाइनलमा एलेक्सजेन्डरले जोकोभिचलाई हराएका थिए । करिनले बुस्टालाई हराएका थिए ।






1686853912-1760864621059.avif&w=3840&q=75)









