• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
अलमुताइरी प्रकरणको 'च्याप्टर क्लोज'
हिम बिक्रम केसी
शनिबार, साउन १६, २०७८ हिम बिक्रम केसी
अलमुताइरी प्रकरणको 'च्याप्टर क्लोज'
राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाहा अलमुताइरी । फोटो : एन्फा

काठमाडौं । केही हप्तादेखि राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाहा अलमुताइरी चर्चामा छन् । तर नराम्रो कारणले ।

उनले फुटबल प्रशंसकलाई सम्बोधन गर्दै पदबाट राजीनामा दिने घोषणा गरे । अलमुताइरीले वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ्गलाई राजीनामाको कारण बताए । नेम्वाङ्गकै कारण काम गर्ने वातावरण नपाएको उनको गुनासो थियो ।

अलमुताइरीसंगै विवादमा आए एन्फा वरिष्ठ उपाध्यक्ष नेम्वाङ्ग । नेम्वाङ्गको पछिल्लो एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पासंग ठिक–ठाक सम्बन्ध चलेको छैन । उनले एन्फाभित्र सुशासन, पारदर्शीता र सामुहिक नेतृत्वको बहश पुन छेड्न खोजेका छन् । तर उनको बहश सोचे जसरी उठिरहेको छैन । नेम्वाङ्ग आफै एन्फा नेतृत्वको आकांक्षी हुन् ।

उनको छेड्न खोजेको बहशलाई अहिलेसम्म धेरैले राजनीतिक खपतको रुपमा बुझेका छन् ।

अध्यक्ष शेर्पाले नेम्वाङ्गलाई ‘मिनिमाइज’ गर्ने अनि नेम्वाङ्गले शेर्पामाथि दुख दिने श्रृङ्खला एन्फामा चलिरहेको छ । यहीँ राजनीतिक दाउपेचमा आईपुगेका छन्, प्रशिक्षक अलमुताइरी ।

उनको फुटबल प्रशंसकमाझ राम्रो लोकप्रियता छ । तर आचरण र व्यहोरा भने छैन । शुक्रबारको एन्फा कार्यसमिति बैठकमा समेत उनको त्यही ब्यहोरा देखाए । बैठकमा चर्किदै-झर्किदै बोल्नेदेखि छलफल कक्षलाई छाडेर हिड्नेसम्मको असोभनीय व्यवहारमा प्रस्तुत भए । राजीनामा प्रकरणबारे छानविन गर्न माग गर्दै अलमुताइरीले एन्फामा निवेदन दिएका थिए । एन्फा कार्यसमितिका सदस्यले प्रशिक्षकको समेत धारणा सुन्न चाहेपछि उनलाई बैठकमा बोलाइएको थियो ।

अलमुताइरीमाथि एन्फा राजनीतिमा मिसिएको ‘बात’ लागेको छ । उनले आफ्ना असन्तुष्टि सामाजिक सञ्जालमा मात्र पोखेनन्, वरिष्ठ उपाध्यक्षमाथि संघीन अरोप समेत लगाए । एन्फाको ‘सेकेन्ड लिडर’माथि अलमुताइरीले लगाएको आरोप अत्यन्त आपत्तीजनक थियो । वरिष्ठ उपाध्यक्षमाथि यत्रो आरोप लगाईसकेपछि उनी आफै मुख्य प्रशिक्षकको जिम्मेवारीबाट हट्न पर्दथ्यो, नभए एन्फाले उनीमाथि कारबाही गर्न पर्दथ्यो । महासचिवलाई सम्बोधन गरेर अलमुताइरीको राजीनामा पत्र एन्फामा भने आएन ।

एउटा प्रशिक्षकले संस्थाको वरिष्ठ उपाध्यक्षमाथि सामाजिक सञ्जालमा अप्रमाणित आरोप लगाउन मिल्दैन । तर फुटबलका प्रशंसकहरु र एन्फा नेतृत्व उनीप्रति नरम देखिए ।

राज्य गरिब भएपछि के हुन्छ भन्ने राम्रो उदाहरण हो, अलमुताइरी प्रकरण ।

उनी जस्ता प्रशिक्षक अनुदानमा आउँछन् । हरेक घटनामा शर्त तेर्साउँछन् । उदण्डता देखाउँछन् । कसैलाई टेर्दैनन्, कसैलाई गन्दैनन् । पदाधिकारीमाथि हिलो छ्याप्छन् । पपुलिस्ट कुरा गर्छन् । प्रोपागान्डा रच्छन् । सिंगो फुटबललाई ‘माझी औला’ देखाउँछन् । जगत हेर्या–हेर्यौ हुन्छ ।

प्रशिक्षकको ‘स्टन्ट’ प्रकरणको छानविन अब मन्त्रालयले गर्ने भएको छ । एन्फा आफैले यसको छानविन गर्न हुन्थेन । घटनामा सबै मुछिएका थिए । वरिष्ठ उपाध्यक्ष र प्रशिक्षक विवादका मुख्य पात्र भैहाले । धेरैले कतै अध्यक्ष पो संलग्न छन् कि भनेर संका गरेका थिए । यसको उच्च स्तरीय छानविन आवश्यक थियो । एन्फाको शुक्रबारको बैठकले घटनाको छानविनका लागि मन्त्रालयलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

तर एउटा प्रश्न नेपाली फुटबलमा रहिरहनेछ । के अलमुताइरीले सही गरेका थिए ?

पक्कै थिएनन् । कुनै एक प्रशिक्षकले सामाजिक सञ्जालमार्फत फुटबल संघका वरिष्ठ पदाधिकारीमाथि लगाएको आरोप÷आक्षेप सही मानिदैन । प्रशिक्षक त मैदानभित्र व्यस्त हुनुपर्ने हो । तर अलमुताइरीले एन्फा राजनीतिमा युद्धको शंख फुके ।

उनले जे गरे, ठिक गरेनन् । गलत गरे । सामाजिक सञ्जालमा उनको ‘स्टन्ट’संगै सिंगो फुटबल तरंगित बन्यो । बदनाम बन्यो । धेरैले फुटबललाई गाली गरे । एन्फामाथि प्रहार गरे । पदाधिकारीमाथि आक्षेप लगाए । अलमुताइरी कारण देखिए ।

के सिंगो फुटबल भन्दा, सिंगो संस्था भन्दा, सिंगो फुटबल नेतृत्व भन्दा एउटा प्रशिक्षक ठुलो हुन सक्छ ?

पुच्छरले भैसी हल्लाएको सुहाउँछ ? पक्कै सोभनीय देखिदैन ।

त्यसो भए अब कसरी घटना अघि बढ्ला ?

एन्फाले छानविका लागि मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेसंगै अलमुताइरी प्रकरणको अब ‘च्याप्टर क्लोज’ भएको छ । पछिल्ला केही हप्ताको फुटबल विवादले ‘फोर्स ल्यान्डिङ’ गरेको छ । शुक्रबारको एन्फा बैठकमा उपाध्यक्ष वीरबहादुर खड्काले प्रशिक्षकलाई केही ‘नसीहत’ भएपनि दिनुपर्ने धारणा राखेका थिए । तर एन्फा अध्यक्ष शेर्पाले त्यसलाई मानेनन् । प्रशिक्षकमाथि एक्सन लिदा राष्ट्रिय टिमको वर्तमान गति र निर्माण भंग हुने शेर्पाले बताए ।

उनी कम्तिमा अक्टोबरसम्म प्रशिक्षकलाई चलाउन चाहदैनन् । अक्टोबरमा साफ फुटबल छ । शेर्पा साफको नजिकिदो समयमा प्रशिक्षक फेर्न चाहदैनन् । अलमुताइरीलाई नेपाल ल्याउनुको शेर्पाको मुख्य उद्धेश्य पनि साफ फुटबलको उपाधि जित्नु हो ।

आसन्न साफ नेपालले आयोजना गर्ने देखिएको छ । साफ आयोजना लागि अध्यक्ष शेर्पा आफैले पनि धेरै मेहनत गरेका छन् । सरकारसंग ५ करोड रुपैयाँको स्रोत सुनिश्चित गरेका छन् । शनिबार साफलाई १० करोडको विस्तृत प्रस्ताव पठाउँदैछन् । उनी साफ आयोजना मात्र हैन, उपाधि पनि जित्न चाहन्छन् । दक्षिण एसियाली फुटबलको सबैभन्दा ठुलो फुटबल उपाधि शेर्पा आफ्नै कार्यकालमा हासिल गर्न चाहन्छन् ।

उपाधिका लागि प्रतिबद्ध प्रशिक्षक चाहिन्छन्, अलमुताइरीमा शेर्पाको विश्वास देखिन्छ । त्यसैले तमाम विवादका बीच एन्फाले अलमुताइरीको संरक्षण गरेको छ ।

साफको तयारीका लागि एन्फाले भारत, बंगलादेश, सिंगापुर लगायतका देशसंग मैत्रीपूर्ण खेलको तयारी गरिरहेको छ । अबका केही महिना राष्ट्रिय फुटबल टिमले अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा भाग लिनेछ । साफको तयारी गर्नेछ । फुटबलको हितका लागि अलमुताइरी प्रकरणको ‘च्याप्टर’ अहिलेलाई यहीँ बिसाउन आवश्यक छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली महिला टोलीको कप्तान को?
नेपाली महिला टोलीको कप्तान को?
मिसन एसियन कप !
मिसन एसियन कप !
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल
क्वार्टरफाइनलमा रियल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP