• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
एन्फा कार्यसमिति – मनोनीतलाई ‘नो इन्ट्री’
खेलपाटी संवाददाता
शुक्रबार, साउन १५, २०७८ खेलपाटी संवाददाता
एन्फा कार्यसमिति – मनोनीतलाई ‘नो इन्ट्री’

काठमाडौं । मनोनीत पदाधिकारीलाई बाहिर राख्दै अखिल नेपाल फुटबल संघ (एन्फा)को आकस्मिक कार्यसमिति बैठक बस्ने भएको छ । शुक्रबार अपरान्ह बस्न लागेको कार्यसमिति बैठकमा मनोनीत सदस्य र पदाधिकारीलाई खबर गरिएको छैन ।

प्रशिक्षकको राजीनामा प्रकरण र साफ च्याम्पियनसिपको एजेण्डामा छलफल गर्न एन्फाले आकस्मिक कार्यसमिति बैठक आह्वान गरेको छ । प्रशिक्षक अब्दुल्लाहा अलमुताइरीले वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ्गमाथि आरोप लगाउदै पदबाट राजीनामा दिने घोषणा गरेपछि फुटबल विवाद उत्कर्षमा छ ।

वरिष्ठ उपाध्यक्ष नेम्वाङ्ग सहित उपाध्यक्षद्धय वीरबहादुर खड्का, कृष्ण थापा र सदस्य दावा लामाले युथ एकेडेमीको खेलाडी छनोटको विषयमा छलफल गर्न कार्यसमिति बैठकको माग गर्दै आएको थिए । प्रशिक्षक अलमुताइरीले वरिष्ठ उपाध्यक्षलाई कारण देखाउदै राजीनामाको घोषणा गरेपछि फुटबलमा नयाँ विवाद सिर्जना भएको हो ।

वरिष्ठ उपाध्यक्ष नेम्वाङ्गले प्रशिक्षकले आफुमाथि लगाएको आरोपको छानविन गर्न र संस्थागत धारणा सार्वजनीक गर्नुपर्ने माग गर्दै एन्फामा निवेदन दिएका थिए । अध्यक्ष कर्माछिरिङ्ग शेर्पाले वरिष्ठ उपाध्यक्ष सहित असन्तुष्ट समूहसंग छलफल गरेर आकस्मिक कार्यसमिति बैठक आह्वान गरेका हुन् । तर बैठकमा मनोनीत सदस्य र पदाधिकारीलाई आमन्त्रण गरिएको छैन ।

शुक्रबारको बैठकमा १७ जना निर्वाचित कार्यसमिति र मनोनयनबाट आएका महासचिव इन्द्रमान तुलाधर र कोषाध्यक्ष रविन्द्र जोशीमात्र सहभागी हुनेछन् । अध्यक्ष शेर्पाले मानार्थ अध्यक्ष टासी घले सहित १७ जनालाई कार्यसमितिमा मनोनीत गरेका थिए ।

शुक्रबारको बैठकमा भने मनोनीत सदस्यलाई बाहिर राख्दै निर्वाचित कार्यसमितिलाई मात्र आमन्त्रण गरिएको छ ।

उपाध्यक्ष विरोध

एन्फाका उपाध्यक्ष शिक्षित पराजुलीले अब उपरान्त कुनैपनि कार्यसमिति बैठकमा आफु सहभागी नहुने भन्दै एन्फामा निवेदन दिएका छन् । आपतकालिन बैठकबारे कुनै जानकारी नदिइ खेदपूर्ण व्यवहार गरिएको भन्दै उपाध्यक्ष पराजुलीले अब उपरान्त कुनैपनि कार्यसमिति बैठकमा आफु नबस्ने बताएका हुन् । मनोनीत पदाधिकारीलाई बैठक बाहिर राखेर अपमान गरिएको भन्दै पराजुलीको चित्त दुखाई छ ।

‘वर्तमान कार्यसमिति निर्वाचित भएर कार्यारम्भ परे पश्चात संघले प्रदान गरेको जुनसुकै जिम्मेवारी विना सुविधा निर्वाह गर्दै आइरहेको अवस्थामा मैले फुटबल खेलको विकासमा गरेको लगानी एवं योगदानको समेत अवमुल्यन हुने गरी आपतकालिन बैठकबारेमा कुनै जानकारी नदिइ खेदपूर्व व्यहार गरिएको छ ।’ पराजुलीले भनेका छन् ।

पराजुुली मनोनीत उपाध्यक्ष हुन् । वर्तमान कार्यसमितिलाई निर्वाचनमा विजयी गराउन उनले सहयोग र समर्थन गरेका थिए । आफ्नै सहयोगमा निर्वाचित बनेका सहकर्मीहरुले आफुलाई बाहिर राख्दै कार्यसमिति बैठक आह्वान गरेपछि पराजुली असन्तुष्ट बनेका हुन् ।

अध्यक्ष शेर्पा नेतृत्वको प्यानलमा कृष्ण थापालाई उपाध्यक्षमा ल्याउन पराजुलीले निकै जोडबल गरेका थिए । नेम्वाङ्गलाई वरिष्ठ उपाध्यक्षमा मनोनीत गर्न समेत पराजुली सहितका पदाधिकारीले लबिङ गरेका थिए ।

वरिष्ठ उपाध्यक्ष लगायतका पदाधिकारीलेनै निर्वाचित कार्यसमितिको मात्र बैठक राख्न बारम्बार जोड गरेपछि आफु आगामी कुनै कार्यसमिति बैठकमा उपस्थित नहुने जानकारी गराएको पराजुलीले खेलपाटीलाई बताए ।

के भन्छन् प्रवक्ता ?

एन्फा प्रवक्ता किरण राईले बैठक आकस्मिक रुपमा गर्नुपर्ने भएकाले १७ जनालाई मात्र बैठकमा बोलाईएको बताउँछन् ।

‘विधान अनुसार १७ जनालाई कार्यसमितिको रुपमा बुझेको छ । अरु साथीलाई पनि मनोनीत कार्यसमितिको रुपमा मानिरहेका छौं, बुझिरहेका छौं । तर व्यवहारीक रुपमा यो बैठक आकस्मिक रुपमा गर्नुपर्ने भयो ।’ उनले भने, ‘अलीकती छिटो छरितो निर्णय गर्नुपर्ने सहमती अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षहरुको रह्यो ।’

उनले निर्वाचित कार्यसमितिको बैठक यस पटकका लागि मात्र आह्वान गरिएको बताए ।

‘यस परिस्थितीमा आपतकालिन समितिको बैठकमात्र बोलाउने कि भन्ने पनि थियो । तर आपतकालिन समितिको बैठक पुर्ण नहुने र सो बैठकको निर्णय कार्य समितिबाट पास गर्नुपर्ने हुन्छ ।’ राईले भने, ‘यही बैठकका लागि मात्र यसो गरिएको हो । कोभिडका कारण समेत धेरै भिड नगरौं भन्ने भयो ।’

अंक गणितको खेल

वरिष्ठ उपाध्यक्ष नेम्वाङ्गले आकस्मिक कार्यसमिति बैठकमा निर्वाचित पदाधिकारीलाई मात्र आमन्त्रण गर्नुपर्ने अडान राखेपछि १७ जनालाई शुक्रबारको बैठकमा बोलाईएको हो । मनोनीत सहित एन्फाको ३४ जनाका कार्यसमितिमा अधिकांश अध्यक्ष शेर्पा निकट रहेका छन् ।

प्राय कार्यसमिति बैठकमा अल्पमतमा पर्ने गरेका नेम्वाङ्गले निर्वाचित कार्यसमिति बैठकमा जोड दिदै आएका थिए । निर्वाचित १७ सदस्यीय कार्यसमितिमा नेम्वाङ्ग पक्षमा उपाध्यक्षद्धय वीरबहादुर खड्का, कृष्ण थापा र सदस्य दावा लामा छन् । बाँकी अघिकांश अध्यक्ष शेर्पा पक्षका छन् ।

कार्यसमिति बैठकमा अधिकांश पदाधिकारी शेर्पाकै एजेण्डामा समर्थन गर्ने देखिएपछि वरिष्ठ उपाध्यक्ष नेम्वाङ्गले निर्वाचित कार्यसमितिलाई मात्र आमन्त्रण गरेर बैठकमा संस्थापन पक्षको दबाब कम गर्न चाहेको देखिन्छ ।

एन्फा कार्यसमिति :

अध्यक्ष : कर्माछिरिङ शेर्पा

वरिष्ठ उपाध्यक्ष : पंकज बिक्रम नेम्वाङ्ग

उपाध्यक्षहरु : वीरबहादुर खड्का, कृष्ण थापा, उपेन्द्रमान सिंह

महासचिव : इन्द्रमान तुलाधर (मनाेनीत)

काेषाध्यक्ष : रविन्द्र जोशी (मनाेनीत)

सदस्यहरु :

किरण राई (प्रवक्ता)

रतनकुमार श्रेष्ठ

दिनेश ब्यञ्जनकार

मधुसुदन उपाध्याय

प्रदेश सिंह राठोर

रविन्द्रमान श्रेष्ठ

कुमार केसी

पूर्णमान चित्रकार

निरोज खड्गी

विजय घले

दावा लामा

पेमा डोल्मा लामा

मनोनित पदाधिकारी :

टासी घले (मानार्थ अध्यक्ष)

किशोर राइ (वरिष्ठ उपाध्यक्ष)

शिक्षित पराजुली (उपाध्यक्ष)

राजेन्द्र न्यौपाने (सहायक कोषाध्यक्ष)

अरुणमान जोशी (सहायक महासचिव)

मोहन बस्नेत (सहायक महासचिव)

अब्दुल्लाहा समिउल्लाहा (सहायक महासचिव)

प्रकाश पंगेनी (सहायक महासचिव)

बसन्त अर्याल ( सहायक महासचिव )

निरजबहादुर राउत (सदस्य)

सदस्यहरु : प्रकाश विष्ट

ठुलभाइ केसी

ललबहादुर ज्वारचन

रुपेश अधिकारी

तपेश्वर राउत

दिपक राइ

प्रविनकुमार यादव

 

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली महिला टोलीको कप्तान को?
नेपाली महिला टोलीको कप्तान को?
मिसन एसियन कप !
मिसन एसियन कप !
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP