• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
मनाङलाई पोखरा रंगशाला दिन सिफारिस
खेलपाटी संवाददाता
मंगलबार, साउन १२, २०७८ खेलपाटी संवाददाता
मनाङलाई पोखरा रंगशाला दिन सिफारिस
पोखरा रंगशालामा मनाङ क्लबको टिम । फोटो : खेलपाटी

काठमाडौं । ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लबलाई पोखरा रंगशाला घरेलु मैदानको रुपमा प्रयोग गर्न दिने गरि सिफारिस गरिएको छ ।

घरेलु फुटबलको लोकप्रिय क्लब मनाङले पोखरालाई घरेलु मैदानको रुपमा विकास गरेर फुटबल गतिविधि अघि बढाउन प्रयास गरिरहेको छ ।

सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का बोर्ड सदस्य राजेश गुरुङ सहित सरोकारवाला निकायको बैठक पोखरामा बस्यो ।

बैठकले मनाङको घरेलु मैदान पोखरा रंगशालालाई बनाउने विषयमा सहमती जुटाएको छ । साथै मनाङलाई घरेलु मैदानको रुपमा पोखरा रंगशालाको प्रमाणपत्र दिने विषयमा राखेपलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

राखेप बोर्ड सदस्य राजेश गुरुङले मनाङलाई घरेलु मैदानको रुपमा पोखरा रंगशाला दिने निर्णय केन्द्रबाट हुनुपर्ने बताउँदै राखेपलाई सिफारिस गर्ने निर्णय भएको बताए ।

‘प्रदेशबाट निर्णय गर्दा समस्या पर्न सक्छ । प्रमाणपत्र दिने काम राखेपबाटै होस भनेर सिफारिस गरेका छौं ।’ गुरुङले खेलपाटीसंग भने ।

राखेपले गण्डकी प्रदेशको खेलकुद पूर्वाधार हेर्ने जिम्मेवारी बोर्ड सदस्य गुरुङलाई दिएको छ । संघीय संरचना अनुसार राष्ट्रिय खेलकुद विकास ऐन कार्यान्वयनमा आएपनि नियमावली तथा कार्यविधि बन्न सकेको छैन । ऐन कार्यान्वयनका लागि कार्यविधि जारी नहुदा जिल्ला र प्रदेशमा रहेका राखेपको पूर्वाधार कसको मातहत रहने भन्ने टुङ्गो लागिसकेको छैन । तत्कालका लागि राखेपले देशभरको खेलकुद पूर्वाधार आफ्नै मातहत राखेको छ ।

बोर्ड सदस्य गुरुङले मनाङको पोखरा आगमनसंगै खेलकुदको विकाससंगै गण्डकी प्रदेशको पर्यटनलाई टेवा पुग्ने विश्वास व्यक्त गरे ।

‘साहारा क्लबले पोखराको फुटबललाई लामो समयदेखि योगदान गरिरहेको छ । अर्को क्लब मनाङले पोखरा आउन चाहेको छ । कुनैपनि क्लबले पोखरामा खेलकुद आयोजना गर्दा यहाँको पर्यटनमा टेवानै पुग्छ । खेलकुदको विकास गर्नुपर्छ भन्ने मेरो मान्यता छ ।’ उनले भने ।

स्थापनाकालदेखी काठमाडौंलाई आधार बनाएर घरेलु फुटबल खेलिरहेको मनाङले पोखरालाई घरेलु मैदानको रुपमा विकास गर्न चाहेको छ । व्यवसायीक फुटबललाई अघि बढाउन र एएफसीको क्लब लाइसेन्सिङ पुरा गर्न समेत काठमाडौंका क्लबलाई ढिलोचाँडो मोफसल झर्नुपर्ने बाध्यता छ । मनाङले सोही कारण पोखरालाई घरेलु मैदानको रुपमा विकास गर्न चाहेको हो । मनाङ जिल्ला गण्डकी प्रदेशमा पर्ने हुनाले पोखरा रंगशाला आफ्नालागि उपयुक्त हुने क्लबको बुझाई छ ।

मनाङले घरेलु मैदानका लागि पोखरा रंगशाला उपलब्ध गराउन माग गर्दै राखेपमा निवेदन दिएको थियो । राखेप सदस्य सचिव रमेश सिलवालले घरेलु मैदानका लागि मनाङलाई स्विकृती प्रदान गर्दै जिल्ला खेलकुद विकास समितिमार्फत सम्झौता गर्न पत्राचार गरेका थिए ।

सोमबारको बैठकमा कस्तो प्रतियोगिताका लागि क्लबलाई मैदान उपलब्ध गराउने र मैदान सञ्चालन गर्दा लाग्ने खर्च कसरी ब्यहोर्ने विषयमा छलफल भएको थियो ।

राखेप बोर्ड सदस्य गुरुङले प्रतियोगिता र मैदान सञ्चालन खर्चको विषय केन्द्रबाट निर्णय हुनुपर्ने बताउदै घरेलु मैदानको प्रमाणपत्र समेत राखेपको केन्द्रिय नेतृत्वबाट हस्तान्तरण गर्दा उचित हुने राय राखेका थिए । अब ओलम्पिक भ्रमणमा रहेका राखेप सदस्य सचिव रमेशकुमार सिलवाल स्वदेश फर्किएपछि रंगशाला उपभोग गरेवापत क्लबले तिर्नुपर्ने न्युनतम शुल्क सहित घरेलु मैदानको प्रमाणपत्र हस्तान्तरणको काम हुने बताइएको छ ।

पोखरामा साहारा क्लबले आवसीय एकेडेमी सञ्चालन गरेर फुटबल गतिविधि अघि बढाइरहेको छ । साहाराले हरेक वर्ष आहा–रारा गोल्डकप समेत सञ्चालन गर्छ ।

मनाङले पोखरा रंगशालालाई घरेलु मैदानको रुपमा प्रस्तुत गर्दा साहारा क्लबका केही पदाधिकारीले चित्त दुखाएका छन् ।

मनाङका एक पदाधिकारीका अनुसार पोखरा रंगशालानै मनाङ क्लबले लिने हो कि भन्ने गलत बुझाई देखिएको बताउँछन् । उनले मनाङले हरेक वर्ष खेल्ने केही खेलका लागि मात्र पोखरा रंगशालाको अनुमती मागेको बताउँछन् ।

‘घरेलु मैदानको रुपमा पोखरा रंगशालामा क्लबले केही सिमित प्रतियोगिताका खेल मात्र खेल्ने हो । रंगशालानै क्लबले लिने हैन । केही असमझदारी जस्तो देखिन्छ । तर मनाङले पोखरालाई आधार बनाएर फुटबल गतिविधि अघि बढाउन प्रदेशकै पर्यटन र फुटबल विकासमा टेवा पुग्छ ।’ मनाङका एक पदाधिकारीले भने ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली महिला टोलीको कप्तान को?
नेपाली महिला टोलीको कप्तान को?
मिसन एसियन कप !
मिसन एसियन कप !
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP