• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
ग्रासरुट फुटबलको महत्वाकांक्षा
नमीन ढकाल
मंगलबार, असोज २, २०७५ नमीन ढकाल
ग्रासरुट फुटबलको महत्वाकांक्षा
तस्विर सौजन्य : भोजपुर जिल्ला फुटबल संघ

काठमाडौं ।  करिब चार वर्ष नेपाली फुटबलका कार्यक्रम बन्द जस्तै रहे । मोफसलका फुटकर प्रतियोगिताले नेपाली फुटबल धान्यो ।

असोज १३ बाट सहिद स्मारक ए डिभिजन लिग सुरु हुदैछ । क्लबहरुमा खेलाडीको खडेरी छ । खेलाडीको अभावलाई क्लबले मुख्य समस्या बताउन थालेका छन् ।

सोही कारण धेरै क्लबले लिग खेल्न नसक्ने भन्दै एन्फालाई बारम्बार आग्रह गरे । पुराना खेलाडी नहुनु अनि नयाँ खेलाडी उत्पादन नहुनु नेपाली फुटबलको अहिलेको मुख्य समस्या हो ।

अर्को कुरा, ग्रासरुट फुटबल कार्यक्रम एन्फा र फिफाकै महत्वकांक्षी परियोजना हो । एन्फा नेतृत्वमा परिवर्तनसंगै नयाँ कार्यसमितिले ग्रासरुट फुटबललाई पहिलो प्राथमिकतामा राखेको थियो ।

सोही अनुसार एन्फाले फिफाको सहयोगमा आफ्ना सदस्य जिल्लामा यो परियोजना सुरु गरेको छ । यसको मुख्य उद्धेश्य खेलाडीको खडेरी पूर्ति होस र नयाँ खेलाडी उत्पादन हुन सकोस भन्ने नै देखिन्छ ।

एन्फाको दाबी छ, नेपाली फुटबलमा देखिदै आएको खेलाडीको खडेरी अब पुर्ति हुनेछ । स्तरीय र उत्कृष्ट खेलाडी उत्पादनको योजनाको रुपमा परियोजनालाई लिन सकिन्छ ।

६ वर्षदेखि १२ वर्षको उमेर समुहले खेल्ने फुटबललाई ग्रासरुट भनिन्छ । यसमा सिनियर फुटबलले खेल्ने जस्तो कुनै नियम लागु हुदैन । यो एकदमै मनोरञ्जनात्मक परियोजना हो । रमाइलो गरेर साना बालबालिकालाई फुटबल सिकाउने माध्यम हो ।

सुरुमा ग्रासरुटमा बल फ्याक्न र हान्न सिकाइन्छ । यो जहाँ पनि जो सँग पनि सिक्न सकिन्छ, खेल्न सकिन्छ । सामान्य फुटबल खेल्न सिक्ने फुटबलको रुपमा ग्रासरुटलाई लिईएको हुन्छ ।

यसको बिशेषता भनेको यसमा केटा, केटी हुदैन । भेदभाव हुदैन । जात जाति, धनी गरिब वा कुनै विभेद हुदैन । ग्रासरुट फुटबल एकदमै सामान्य हुन्छ, यसमा राम्रो कोचपनि चाहिदैन । यसमा खेलाडीको प्रशिक्षक आमा बुबा समेत हुन सक्छन् । स्कुलका शिक्षक फुटबल प्रशिक्षक बन्न सक्छन् ।

स्वयमसेवक समेत प्रशिक्षक हुन सक्छ । यसको अर्थ भनेको ग्रासरुटमा प्रशिक्षकभन्दा खेलाडीको रुचि महत्वपुर्ण हुन्छ । यसमा प्रशिक्षक भन्दापनि खेलाडीको खेल महत्वपुर्ण हुन्छ । खेल नै खेलाडीले सिक्ने उच्चतमा बिन्दु हो ।

जग बलियो भए घर बलियो हुन्छ । ग्रसरुट फुटबलको मेरुदण्ड हो । एन्फाले अगाडी बढाएको परियोजनाको दिर्घकालिन महत्वको छ । एन्फाले ग्रासरुट फुटबल ब्यवस्थापनको जिम्मेवारी एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंहलाई दिएको छ ।

‘ग्रासरुट कार्यक्रम एन्फाले अगाडी बढाईरहेको छ । पुर्व खेलाडीको हैसियतले एकदमै सफल र धेरै भन्दा धेरै खेलाडी उत्पादन गर्ने कोशिश गर्छु । त्यसमा सफल भएर छाड्ने योजना छ ।’ उनी भन्छन् ।

ग्रासरुट कार्यक्रम एन्फाको चार वर्षे योजना हो । यसलाई एन्फाले लामो परियोजनाको रुपमा विकास गर्ने लक्ष्य राखेको छ । परियोजनाले सार्थकता एन्फाको एकल प्रयासबाट मात्र सम्भव छैन । एन्फाका ४५ सदस्य जिल्लाहरु र विभिन्न डिभिजनका क्लबले ग्रासरुट फुटबलको महत्व बुझ्न आवश्यक छ ।

एन्फाले ग्रासरुट फुटबलको विकासको निम्ति ७ वटा प्रदेशमा ४५ जिल्लामा प्रशिक्षक, अध्यक्ष, उपाध्यक्ष राखेर कार्यशाला गोष्ठि सञ्चालन गरेको थियो । गत शनिबारबाट एन्फाले देशभरका ४५ जिल्लामा परियोजना सञ्चालन गरेको छ । तर यसको औपचारिक उद्घाटनकालागि केही समय पर्खनपर्ने भएको छ ।

एन्फाले परियोजना उद्घाटनका लागि फिफा अध्यक्षलाई नेपालमा आमन्त्रण गरेको थियो । तर, सरकार र सरोकारवाला निकायलाई सहभागि गराउने उद्धेश्यले उद्घाटनको समय ढिला सारिएको छ ।

ग्रासरुट फुटबलमा बालबालिकाको शिक्षा र स्वास्थ्य समेत जोडिन्छ । सोही कारण राज्य समेत यसमा सहभागि हुन आवश्यक छ । एन्फाको उद्धेश्य भनेको सुरुमा ५ देखी १० हजार बालबालिका कार्यक्रममा सहभागि गराउने उद्धेश्य रहेको छ ।

नेपालमा ग्रासरुट फुटबलमा दुई उमेर समूह राखिएको छ । एउटा ८ देखि १० र अर्काे ११ देखी १३ सम्म ।

८ देखि १३ वर्षका बालबालिका एकैपटक खेलाउदा घाईते हुने सम्भावना बढी रहन्छ । एन्फाले ४ बर्षभित्र देशै भरी फुटबलको माहोल सिर्जना गर्ने लक्ष्य लिएको छ ।

ग्रासरुटको उद्धेश्य भनेको बालबालिकालाई स्वस्थ्य राखी, पठन पाठनमा राम्रो बनाई, फुटबलको माध्यमबाट जिवन बाच्ने कला सिकाउने हो । एन्फाको लक्ष्य भनेको ४ वर्षभित्र करिब ५० हजार बालबालिकालाई फुटबलसंग जोड्नु हो । यो हरेक हप्ताको शनिबार हुने गर्दछ ।

ग्रासरुट फुटबलमा दुई मुख्य कार्यक्रम राखिएको छ ।  एउटा ग्रासरुट फेष्टिबल, अर्काे ग्रासरुट लिग ।

अहिले एन्फाले ग्रासरुट फेष्टिबल सुरु गरेको छ । यस फेष्टिबलमा ठुलो आकारको मैदान चाहिदैन । भएको मैदानलाई विभिन्न भागमा विभाजन गरिन्छ ।

पहिलो मैदानमा बालबालिकाले खेल खेल्छन् । अर्कोमा स्किलहरु सिक्छ र अभ्यास गर्छ । अर्को मैदानमा गरेर खेल र स्किल दुवै देखाउछ । फेष्टिबल ग्रासरुटमा यसरी खेलको डिजाइन गरिएको हुन्छ ।

एन्फाले अर्काे बर्ष ग्रासरुटलाई लिगको रुपमा उतार्ने योजना बनाएको छ । यसमा सिनियर जस्तै लिग फुटबल हुनेछ । पहिला जिल्ला लिग, त्यसको विजेताले प्रदेश लिग र अन्तिममा प्रदेश च्याम्पियनले राष्ट्रिय लिगमा खेल्नेछ । यसले उमेर समूहदेखि राष्ट्रिय टिमसम्म बलियो बन्ने र खेलाडी उत्पादनमा समेत कोशेढुङ्गा सावित हुने विश्वास गरिएको छ ।

गत शनिबार सुरु ग्रासरुट फुटबलका चुनौती समेत छन् । परियोजनालाई एन्फा एक्लैले अघि बढाउन सक्दैन । यसलाई जिल्लामा प्रभावकारी बनाउन जिल्ला फुटबल संघको सक्रियता आवश्यक पर्छ । यसमा जिल्लाका विद्यालयको सहयोग अर्को महत्वपुर्ण पक्ष हो ।

गाउँ र विद्यालयमा अगाडी बढेमा ग्रासरुट परियोजना पक्कै सफल देखिन्छ । तर भौतिक पुर्वाधार भने एन्फाबाट मात्र सम्भव छैन । त्यसकालागि सरकारी स्तरबाटै पहलकदमी हुन आवश्यक छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रोनाल्डोका छोराले गरे अन्तर्राष्ट्रिय डेब्यु
रोनाल्डोका छोराले गरे अन्तर्राष्ट्रिय डेब्यु
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालले खायो तेस्रो गोल
नेपालले खायो तेस्रो गोल
umbro nepal
  • ताजा समाचार
  • खेल आज
रोनाल्डोका छोराले गरे अन्तर्राष्ट्रिय डेब्यु
रोनाल्डोका छोराले गरे अन्तर्राष्ट्रिय डेब्यु
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP