काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको ट्रफी प्रदर्शनीमा राखेको छ ।
एन्फाले सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा 'ए' डिभिजन ट्रफीलाई प्रदर्शनमा राखेको हो ।
एन्फाले एक कार्यक्रमकाबीच विद्यार्थीहरुको बीचमा ट्रफी प्रदर्शन गरेका हुन् । यो ट्रफी काठमाडौंका पाँच स्कुल, भक्तपुर र ललितपुरका एक एक स्कुलमा प्रदर्शनी गरिनेछ ।
यो ट्रफी रानीपोखरी कर्नर टिम (आरसिटी) ले सन् १९७१ देखि ७३ सम्म लगातार तीन सिजन च्याम्पियन बन्दै जितेको थियो ।
कार्यक्रममा एन्फा अध्यक्ष कर्मा छिरिङ्ग शेर्पा, लिग कमिटिका संयोजक विज्ञान राज शर्मा, राष्ट्रिय टोलीका कप्तान विराज महर्जन, नेपाली टोलीका सदस्य बिक्रम लामा लगायत खेलाडी तथा प्रशिक्षकहरुको उपस्थिति रहेको थियो ।



