मंगलबार, ०३ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

'खेलकुद ऐन प्रगतिशिल देखिन्छ'

सोमबार, २२ असार २०७७खेलपाटी संवाददाता
'खेलकुद ऐन प्रगतिशिल देखिन्छ'

राखेप पूर्व सदस्य सचिव केशव कुमार विष्ट । फाेटाे : खेलपाटी

Loading ad...
mustang rice ad

काठमाडौं । खेलकुद विकास ऐन समायानुकुल गर्न आवश्यक थियो । मेरो कार्यकालमै ऐन निर्माणको काम सुरु भएको हो । ऐनमा स्वार्थ समुह र सरोकारवाला पक्षको आ–आफ्ना कुरा थिए । मन्त्रालय, संघका धेरै प्रस्ताव पनि आएका थिए । केही कुरामा सुधार गर्न चुकेपनि ऐन आउन जरुरी थियो, ऐन आएको छ । ऐन आउनुनै राम्रो हो । ऐन आउदैमा सबै राम्रो हुन्छ भन्ने हैन । यसको कार्यान्वयन पक्ष, ब्याख्या र पालना महत्वपुर्ण हुन्छ । समग्रमा ऐन आउनु राम्रो हो, स्वागत योग्य छ, सुखद छ । ऐनको कार्यान्वयन पक्षमा ईमान्दारीपूर्वक काम गर्नुपर्छ भन्ने लाग्छ ।

यो अभ्यासमा जाने कुरा हो । ४६ सालको संविधानलाई पनि संसारै राम्रो संविधान भनियो, पछि त्यही संविधान काम लागेन, फेर्न पर्यो । अहिलेकै संविधानमा कति कुरा अपुग हुन सक्छ । संशोधन हुदै जाने चिज हो । ऐन समेत समयानुकुल परिमार्जन हुदै जाने हो । सबै कुराले ऐनले समेट्यो, सबै ठिक छ भन्दिन । तर हिजोको भन्दा ऐन प्रगतिशिल छ । यसलाई कार्यान्वयनमा लैजान पर्छ । सहि तरिकाले कार्यान्वयनमा लैजान सकियो भने राम्रो हुन्छ ।

ऐनमा मन्त्रालयले बढी अधिकार राखेको छ । बढी अधिकार केन्द्रित गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) स्वायत्त ढङ्गले चल्ने संस्था हो । धेरै नियन्त्रण गर्ने, लामो प्रक्रियामा चल्ने यसको चरित्र हैन । तुरुन्त निर्णय गर्नुपर्ने । परिषद् तुरुन्त कार्यान्वयनमा जानुपर्ने संस्था हो ।

अर्को कुरा परिषद्को बोर्ड निकै भद्दा बनाईएको छ । धेरै पदेन सदस्य राखिएको छ । त्यो जरुरी छैन । बोर्डको बैठक बर्षमा दुई पटक बस्ने प्रावधानको छ । बोर्ड बैठक बसेपनि कामकाजी नहुने देखिन्छ । धेरै औपचारिक जस्तो देखिन्छ । बोर्ड सदस्य आउने, हस्ताक्षर गर्ने र हिड्ने खालको खतरा देखिन्छ । बोर्ड क्रियाशिल हुने देखिदैन ।

सुरुमा बोर्ड सानो बनाउने, खेलकुदका पृष्ठभुमीका मान्छे राख्ने खालको बनाउनुपर्छ भन्ने मनसाय थियो । तर बोर्डमा विभिन्न संघ संस्था, निकाय, मन्त्रालय, क्षेत्रका मान्छेलाई राख्ने भनिएको छ । यसरी बोर्ड सेरोमोनियल जस्तो बन्ने देखिन्छ । यस्तो प्रकृतीको बैठकमा उपस्थित मात्र हुने, कुनै राय नआउने, उपस्थितनै नहुने, आएपनि हस्ताक्षरै गरि हिड्ने जस्तो देखिन्छ । यसले बोर्ड प्रभावकारी हुदैन ।

तर परिषद् सञ्चालनका लागि कार्यकारी समिति बनाउने कुरा ठिकै हो । परिषद् सञ्चालनमा हिजोको ऐन ठिन थिएन । ईमान्दार सदस्य सचिवलाई प्रभावकारी र पारदर्शी ढङ्गल काम गर्न हिजोको ऐन ठिकै देखिन्थ्यो । फास्ट ट्रयाकमा काम हुन्थ्यो । सदस्य सचिवले तुरुन्त निर्णय गर्न सक्नुहुन्थ्यो, जवाफ दिन सक्थ्यो, खेलकुदको चरित्र अनुसार थियो । अब दुरुपयोग गरेर खानेलाई नराम्रो थियो । अब नयाँ ऐनले परिषद्मा नराम्रो मान्छे आएमा नियन्त्रण गर्न सक्छ । सदस्य सचिवले सदस्यहरुलाई विश्वासमा लिन सक्नुपर्छ । कार्यकारी समिति आउदैमा आत्तिन भएन । विश्वासमा लिन सक्नुपर्यो । पारदर्शी ढङ्गले काम गर्न सक्नुपर्यो । बोर्ड नबसेको अवस्थामा निर्णय गर्न परिषद्लाई सहज हुन्छ । अब सदस्य सचिवले मात्र निर्णय प्रक्रियाको जिम्मेवारी लिनुपर्ने, आफु फस्नुपर्ने, एक्लै जवाफ दिनुपर्ने अवस्थालाई ऐनले मुक्त बनाएको छ । मुख्य कुरा यसको कार्यान्वयनमा जानुपर्छ ।

ऐनले सदस्य सचिवको मात्र हैन, परिषद्कै अधिकार कटौती गरेको छ । सदस्य सचिव मात्र हैन, अधिकार मन्त्रालयमा बढी गएको छ । हिजोको ऐनले खेलकुद पूर्वाधार सम्बन्धि निर्माणको काम परिषद् मार्फत गरिनेछ भनेको छ, अब मन्त्रालय वा परिषद्ले भनेको छ । मन्त्रालयले भन्ने बित्तिकै मन्त्रालय अगाडी आउाछ । बजेटको निकासा मन्त्रालय मार्फत हुन्छ । मन्त्रालयले तल काम गर्न दिन्छ जस्तो लाग्दैन । मन्त्री र सचिवको कुरा नमिले फरक कुरा, नभए मन्त्रालयलेनै गर्ने देखिन्छ ।

परिषद्को बोर्ड र कार्यकारी समितिमा मन्त्रालयको संख्या बढेको छ । यसले मन्त्रालयले अधिकार बढी केन्द्रित गरेको देखिन्छ । ऐनले अहिलेपनि केही समस्या छैन । सरकार, मन्त्रालय, परिषद्, संघहरु मिलेर काम गर्ने हो भने ऐनले राम्रो काम गर्न सक्छ । तर गलत मनसाय राखेमा समस्या उत्पन्न हुन्छ । समग्रमा भन्नुपर्दा ऐन आएको छ । अब यसलाई कार्यान्वयनमा लैजान पर्छ । र सहि तरिकाले हेर्न जरुरी छ । अभ्यासमा के देखिन्छ भन्ने कुरा मुख्य बिषय हो । केही समस्या आए, संशोधन गर्न सकिन्छ, परिमार्जन गर्न सकिन्छ ।

(राखेपका पूर्व सदस्य सचिव केशवकुमार विष्टसंग गरेको कुराकानीका आधारमा)

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेपको निर्देशन लत्याउँदै एन्फा

राखेपको निर्देशन लत्याउँदै एन्फा

९ महिनामै कमजोर देखिएको इन्टर

९ महिनामै कमजोर देखिएको इन्टर

खाली महसुस गरिरहेका जम्पा

खाली महसुस गरिरहेका जम्पा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सुजनलाई दोहोरो स्वर्ण

सुजनलाई दोहोरो स्वर्ण

एन्फा र असन्तुष्ट क्लबबीचको वार्तामा असफल

एन्फा र असन्तुष्ट क्लबबीचको वार्तामा असफल

एन्फाले वार्ताका लागि क्लबका ८ पदाधिकारीलाई भित्र छिरायो

एन्फाले वार्ताका लागि क्लबका ८ पदाधिकारीलाई भित्र छिरायो

मौकामा चम्किन सक्दैनन् नेयमार

मौकामा चम्किन सक्दैनन् नेयमार

चर्चमाथि फ्रेन्ड्स हाबी

चर्चमाथि फ्रेन्ड्स हाबी

सदीक्षालाई ‘हिमालयन क्वीन्स ग्याम्बिट’को उपाधि

सदीक्षालाई ‘हिमालयन क्वीन्स ग्याम्बिट’को उपाधि

५० हजारसहित टमाटा सम्मानित

५० हजारसहित टमाटा सम्मानित

राखेपले एन्फालाई भन्यो– श्रम स्वीकृती नलिई विदेशी खेलाडीलाई लिगमा खेलाउन पाइँदैन

राखेपले एन्फालाई भन्यो– श्रम स्वीकृती नलिई विदेशी खेलाडीलाई लिगमा खेलाउन पाइँदैन