• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
‘घमण्ड अनि धैर्यता नहुँदा लिग उपाधि गुम्यो’
नमीन ढकाल
शनिबार, वैशाख १३, २०७७ नमीन ढकाल
‘घमण्ड अनि धैर्यता नहुँदा लिग उपाधि गुम्यो’

काठमाडौं । त्रिभुवन आर्मी क्लबका मिडफिल्डर सन्तोष तामाङले खेलाडीमा धैर्यता नहुँदा चालू सिजनको लिग उपाधिबाट बञ्चित हुनु परेको बताएका छन् ।

राष्ट्रिय फुटबल टिमका मिडफिल्डर समेत रहिसकेका सन्तोषले अन्तिम खेलमा खेलाडीमा घमण्ड बढ्दा र धैर्यता गुमाउँदा लिग उपाधि गुमाउनु परेको खुलासा गरेका हुन् ।

चालू सिजनको सहिद स्मारक ए डिभिजन लिगको उपाधि भिडन्तको अन्तिम खेलमा आर्मी क्लब मछिन्द्रसंग पराजित बनेको थियो । लिगको अन्तिम खेलमा आर्मीलाई १–० ले हराउँदै मछिन्द्र पहिलो पटक लिग च्याम्पियन बनेको थियो ।

‘त्यो अन्तिम दिन हामीमा धैर्यता भएन । खेलाडीमा जित्नुपर्छ भन्ने मात्रै भयो । जुन टिमलाई पनि जित्न सक्छौै भन्ने भाव थियो ।’ सन्तोषले खेलपाटीसंग भने, ‘बाहिर आर्मी बलियो टिम मानिएको थियो । सबैमा घमण्ड पनि थियो । अन्तिम खेलमा पनि गोल गरेरै जित्ने भनेर लाग्यौ ।’

सन्तोष चम्किदा आर्मी शीर्ष स्थानमा ...

लिग उपाधि उचाल्न आर्मीलाई बराबरीको नतिजा पर्याप्त थियो । प्रतिद्धन्दी मछिन्द्रलाई जित्नुपर्ने दबाब थियो । आर्मी पहिलो पटक उपाधिको नजिक समेत थियो । तर अन्तिम खेलमा लय गुमाउँदा आर्मीले लिग उपाधि मछिन्द्रलाई सुम्पिएको थियो ।

अन्तिम खेल अघिसम्म आर्मीलाई लिगका प्रमुख दाबेदार मानिएको थियो । प्रतियोगिता अवधिभर आर्मीको गति र लयलाई हेरेर सबैले विभागीय टिमलाई प्रवल दाबेदारको रुपमा चित्रित गरेका थिए ।

तर, फागुन ३ गते दशरथ रंगशालामा भएको अन्तिम खेलमा आर्मीले बिर्सनलायक खेल प्रदर्शन गर्याे ।

उपाधि उचाल्न मछिन्द्रलाई जित्नैपर्ने दबाब थियो भने आर्मीलाई बराबरीको नतिजानै पर्याप्त थियो ।

लिगको अन्तिम खेलमा आर्मीले सुरुवातबाटै दबाब झेल्यो । खेलको ३३ औ मिनेटमा आर्मीले आफ्नै पोस्टमा गोल गर्यो । सोही गोल उपाधि छिनोफानोका लागि निर्णायक बन्यो ।

लिगका १२ खेलमै ९० मिनेट मैदान बिताएका गोलरक्षक विकेश कुथु अन्तिम खेलमा घाईते देखिए । उनलाई तत्काल हस्पिटल लगियो । आर्मी थप दबाबमा आयो । विभागीय टिम खेलमा फर्कनै सकेन । अनि आर्मीको पहिलो पटक लिगको उपाधि जित्ने लक्ष्य असफल बनेको थियो । ठुलो लगानी सहित लिगमा उत्रिएको मछिन्द्रले ऐतिहासिक उपाधि हात पार्न सफल भयो ।

खेल जितेपछि मछिन्द्रका खेलाडी, अफिसियल तथा समर्थक खुसीले उफ्रिएका थिए । आर्मीका खेलाडी भने मैदानमा लडिरहेका थिए । आमीका लागि अन्तिम खेल निकै पिडादायी रहन गयो ।
सन्तोष आर्मीको टिमका मुख्य खेलाडी थिए ।

सेन्टर मिडफिल्डमा सेसेहाङ आङदेम्बेसंग उनको तालमेल गज्जव देखिन्थ्यो । सन्तोष र सेसेहाङको जोडीले विपक्षी टिमको रक्षापङ्तीलाई लिग अवधिभर दुख दिएको थियो ।

आर्मीका प्रशिक्षक नविन न्यौपानेले दुवै खेलाडीलाईनै आफ्नो मुख्य हतियार बनाएका थिए । अन्तिम खेलमा दुई मिडफिल्डरबीच तालमेल नमिल्दा हार ब्यहोरेको उनको प्रतिक्रिया थियो ।

फ्रेन्ड्स क्लबबाट आफ्नो करियर सुरु गरेका ललितपुर निवासी सन्तोष विगत ४ बर्षयता आर्मीसँग आवद्ध छन् । उनी आर्मीका जागिरे हुन् ।

स्विडेनका प्रशिक्षक योहान कालिन राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा आएपछि सन्तोषले राष्ट्रिय टिमबाट मौका पाउँदै आएका थिए । कालिनको पहिलो कुवेत भ्रमण क्रममा सन्तोषले राष्ट्रिय टिमबाट डेब्युको अवसर पाए । त्यसयता उनले राष्ट्रिय टिमबाट लगातार ६ क्याप जिते ।

तर सन्तोष पछिल्लो ७ महिना राष्ट्रिय टिम बाहिर छन् ।

विश्वकप छनोट अन्तर्गत भुटानमा भएको कुवेतबिरुद्धको खेल अगाडी टिम भावना विपरित गतिविधि गरेको भन्दै सन्तोष सहित चार खेलाडीलाई एन्फाले प्रतिबन्ध गर्यो । उनले राष्ट्रिय टिमसंगै क्लब फुटबलबाट समेत खेल्न पाएनन् । जुन दिनलाई सन्तोष बिर्सेर पनि सम्झन चाहदैनन् ।

‘त्यो घटना जे भयो अब सम्झन चाहन्न । त्यसलाई नकारेर अगाडि बढिरहेको छु ।’ सन्तोषले भने ।

सन्तोष राष्ट्रिय टिममा आफ्नो पुनरागमनलाई सबैभन्दा कठिन चुनौती मान्छन् ।

‘राष्ट्रिय टिममा पर्न एकदमै गाह्रो छ । युवा खेलाडीले निकैनै मेहनत गरेका छन् । अझ बढी मेहनत गर्नुपर्ने भएको छ । त्यही अनुसारको लक्ष्य बनाएको छ ।’ सन्तोषले भने ।

सन्तोष चम्किदा आर्मी शीर्ष स्थानमा ...

एन्फाको कारबाही फुकुवापछि मैदान छिरेका सन्तोषले पहिलो खेलमै थ्रीस्टारविरुद्ध गोल गर्दै सनसनी मच्चाएका थिए । लिग अवधिभर उनले ४ गोल गरे ।

घरेलु फुटबलमा सबै दाबेदार देखिदै आएको आर्मी अहिलेसम्म लिगमा उपाधि विहिन छ । आर्मीले घरेलु फुटबलमा अभागी टोलीको पहिचान बनाएको छ । तर सन्तोष आर्मीले चाँडै लिग उपाधि जितेर देखाउने प्रतिबद्धता व्यक्त गर्छन् ।

‘मलाई पनि लाग्छ, कतै आर्मीलाई लिगनै नफापेको हो कि ? तर एकदिन जितेरै छाड्छौं । मेहनत गर्न छाड्ने छैनौ । एकदिन कसो नतिजा नआउँला !’ उनी भन्छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली महिला टोलीको कप्तान को?
नेपाली महिला टोलीको कप्तान को?
मिसन एसियन कप !
मिसन एसियन कप !
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
समूह चरणमा नेपपालको शतप्रतिशत जित
समूह चरणमा नेपपालको शतप्रतिशत जित
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
भुटानी लिगमा सन्तोष
भुटानी लिगमा सन्तोष
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP