बुधबार, ०४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

थ्री स्टार, बिक्रम र च्यासल

आइतबार, ०७ बैशाख २०७७नमीन ढकाल
थ्री स्टार, बिक्रम र च्यासल
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाली फुटबलको एउटा बिडम्बना, खेलाडी र क्लबबीचको सम्बन्ध कहिल्यै सुमधुर रहदैन ।

क्लबहरु खेलाडीलाई स्वार्थी देख्छन्, पैसामा बिक्ने आरोप लगाउँछन् ।

खेलाडीहरु गुनासो गरिरहन्छन्, खेल्ने अवस्थामा बाहेक क्लबहरु अरु बेला वास्तै गर्दैनन् ।

घरेलु फुटबलमा क्लब र खेलाडीबीचको ‘लभ–हेट’ का घटनाहरु बेला मौकामा सुन्न पाईन्छन् ।

यस सिजनकै एउटा घटना याद गरौ न ।

सुजल श्रेष्ठ सहित ठुलो संख्यामा खेलाडी यस सिजन मनाङ छाडेर मछिन्द्र पुगे । मनाङमा करिब एक दशक बिताएका विशाल श्रेष्ठ मन खिन्न बनाउँदै त्रिपुरेश्वर बसाई सरे ।

बिशाल राई, विराज महर्जन, हेमन गुरुङले लामै समय मनाङ क्लबको सेवा गरेका थिए । तर, अन्तिम समयमा खेलाडीहरु नयाँ गन्तव्य रोज्न बाध्य भए ।

मनाङका केही पदाधिकारीले भने, 'खेलाडीहरु स्वार्थी भए, थोरै पैसामा पनि बिके । क्लबलाई धोका दिए ।'

उता खेलाडीका आफ्नै गुनासा थिए, 'लिग नभएको भन्दै क्लबले खर्च पनि दिएन । पदाधिकारीले वास्ता गरेनन्, क्लबले भर दिएन ।' आदी, ईत्यादी ।

साँचो अर्थमा दुवै पक्ष आ–आफ्नो ठाउँमा सहि थिए ।

क्लबका आफ्नै बाध्यता थिए, खेलाडीका आफ्नै दुख थिए । लिगको टुङ्गो नभएको अवस्थामा क्लबले पैसा दिन सक्ने अवस्था थिएन । समस्यामा परेका बेला खेलाडीले मुख अगाडीकै पैसा हेर्न बाध्य भए ।

क्लब र खेलाडीको सम्बन्धको यत्रो पृष्ठभूमी किन पनि आवश्यक छ भने यहाँ ए डिभिजन क्लब थ्री स्टार र त्यसका कप्तान बिक्रम लामाको चर्चा गर्न थालिएको छ ।



यस सिजन थ्री स्टार औसत टिम जस्तै रह्यो । सुनिल वल, रेजिन धिमाल लगायतका परिचित अनुहारले थ्री स्टार छाडे । क्लबले नयाँ अनुहारलाई समावेश गर्दै टिम निर्माण गर्यो । कप्तानी बिक्रम लामाले गर्ने भए ।

उसो त बिक्रमलाई अन्य क्लबबाट राम्रा प्रस्ताव नआएका हैनन् । रोजेको पैसा बिक्रमलाई दिन क्लबहरु तयार थिए । तर उनी थ्री स्टारमै अडिए । झण्डै एक दशक क्लबमा बिताएका बिक्रम थ्री स्टारमै प्रतिबद्ध देखिए ।

राम्रा खेलाडीले क्लब छाडेका थिए । क्लब समस्यामा थियो । थ्री स्टार छाड्न बिक्रमको मनले मानेन ।

‘पैसा मात्र ठुलो कुरा हैन । सम्बन्ध र भावनाको पनि मुल्य हुन्छ,’ झण्डै १० वर्षदेखि थ्री स्टारसंग रहेका बिक्रम भन्छन्, ‘राम्रा प्रस्तावहरु नआएका हैनन । तर क्लबलाई समस्यामा पर्दा खेलाडीले थेग्न पर्छ । क्लब रहेमात्र खेलाडी रहन्छन् भन्ने कुरा बुझ्न आवश्यक छ ।’

थ्री स्टारका कप्तान समेत रहेका बिक्रम क्लब र खेलाडीबीच राम्रो सम्बन्ध स्थापित भएमात्र फुटबल अघि बढ्न सक्ने बताउँछन् । एकले अर्कोको विश्वास जितेर मात्र सफलता प्राप्त गर्न सकिने उनको बुझाई छ ।

दुई वर्षअघिको एक घटनाले बिक्रमले क्लबलाई अझ राम्रोसंग बुझ्ने मौका पाए ।

धरानमा बुढासुब्बा गोल्डकप खेल्दै गर्दा उनले खुट्टामा नराम्रो चोट बोकेका थिए । खुट्टा भाँच्चिएको अवस्था थियो ।

धेरैले भने, बिक्रमको पुनरागमन गाह्रो छ ।

नेपाली फुटबलको विवशता र लाचारी के हो भने, जब कुनै फुटबलरले एउटा गम्भिर चोट बोक्छ, उसलाई मैदान फर्कन असम्भव जस्तै छ । धेरै राम्रा खेलाडीले करियर एकै चोटले सकिएको उदाहरण धेरै छन् । बिक्रम पनि कतै त्यही मध्यको पात्र हुने हुन कि भन्ने चिन्ता आम फुटबल वृत्तमा थियो ।

तर चोट बोके लगत्तै बिक्रमको उपचारमा थ्री स्टारले कुनै कसर बाँकी राखेन । देशकै महङ्गो अस्पतालमा राखेर समयमै राम्रो उपचारको व्यवस्था थ्री स्टारले गरिदियो ।

थ्री स्टारले उपचार मात्र गरेन । उनलाई मैदान फर्काउने हौसला र आत्मविश्वास पनि भर्यो । क्लबका प्रशिक्षक मेघराज केसीले बिक्रमलाई पुरानै लयमा फर्कन सधै प्रेरित गरिरहे । आर्थिक संकट नपरोस भनेर क्लबका अध्यक्ष अरुणमान जोशी पैसाको बिटो बोकेर उनको घरसम्मै धैरै पटक धाएका थिए ।

नेपालको एउटा फुटबल क्लबले आफ्ना खेलाडीका लागि यो भन्दा बढी के गर्न सक्छ र ?

करिब ८ महिनापछि बिक्रम थ्री स्टारको जर्सीमा मैदानमा देखिए ।

त्यसयता दुई सिजन उनले थ्री स्टारबाट ए डिभिजन लिग खेल्न भ्याएका छन् । अनि राष्ट्रिय फुटबल टिमबाट निरन्तर खेलिरहेका छन् ।

समस्यामा क्लबहरु पन्छिने आरोपलाई थ्री स्टारले यस पटक मिथ्या सावित गरिदियो । बिक्रमका लागि झण्डै १० लाख रुपैयाँ बराबरको औषधी उपचारमा क्लबले खर्च गर्यो ।

सायद क्लबको त्यही गुण बिक्रमले थ्री स्टारबाट निरन्तरता दिएर तिरे । अझै केही वर्ष उनी थ्री स्टारमै प्रतिबद्ध रहेर क्लबको सेवा गर्ने बताउँछन् ।

अब बिक्रममाथि लाग्ने एक आरोपको प्रशंग ।

घरेलु फुटबलमा १४ क्लबले शीर्ष डिभिजनको लिग खेल्छन् । सबै क्लब उपत्यका भित्रका छन् । अझ ५ क्लब ललितपुरका छन् । थ्रीस्टार, च्यासल युथ, फ्रेण्ड्स, ब्रिगेड ब्वाईज र जावलाखेल ए डिभिजनको हैसियतमा छन् । सबै क्लब ललितपुरका विभिन्न टोलको प्रतिनिधित्व गर्छन् ।

Image may contain: 11 people, people standing and outdoor

बिक्रम पनि ललितपुरकै च्यासलमा जन्मिए । यही हुर्किए, फुटबल खेल्न सिके । खेलाडीको रुपमा आफुलाई परिपक्क बनाए । राष्ट्रिय, अन्तराष्ट्रिय रुपमा आफ्नो ख्याती बढाए ।

तर उनले च्यासलका लागि खेलेनन् । दुई वर्षअघि मात्र च्यासल शीर्ष डिभिजनमा उक्लियो । च्यासलले बिक्रमलाई क्लबमा आउन धेरै अनुरोध गर्यो । तर उपचारबाट भर्खरै मैदान फर्किएका बिक्रमले च्यासलको प्रस्तावमा सहमती जनाउन सकेनन् ।

के च्यासललाई हेला गर्छन् त ? च्यासलमात्रै हैन, फ्रेण्ड्सको पनि आरोप त्यहि छ ।

७५ सालको लिगमा थ्री स्टार र फ्रेण्ड्स भिड्दै थिए ।

एक समर्थकले हाँसी–मजाकमै भनिहाले ‘ओई बिक्रम, गोल छाड्दे, फेरी बेलुका कुपण्डोल तिर आउनु पर्ला !’

हुन पनि बिक्रमले करियरकै धेरै समय थ्री स्टारकै जर्सी लगाए । थ्री स्टारमै आएपछि उनको करियरले गति लिन थालेको हो ।

तर उनी फुटबल करियरमा च्यासलले लगाएको गुण नभुलेका बताउँछन् ।

‘सानो छँदै च्यासलले खेल्ने बातावरण दियो । च्यासलकै दाइहरुले गर्ने माया, गराउने ट्रेनिङ, फुटबल खेल्न बनाईदिएको बातावरणले आज यो स्थानमा छु । च्यासलले गर्व गर्न लायक बनाएको छ । च्यासलले लगाएको गुण एक दिन तिर्नेर्छु ।’ शुक्रबार नेपाली फुटबल फ्यान्स क्लबको फेसबुक लाईभमा बोल्दै बिक्रमले भने ।


थ्री स्टारका पुर्व खेलाडी तथा च्यासलकै पुर्व अध्यक्ष दिनेश ब्यञ्जनकार लगायत टिमले गरेको सहयोगको ऋणी रहेको भन्दै उनले एक दिन त्यो ऋण तिर्ने प्रतिबद्धता जनाए ।

‘आजको दिनसम्म आईपुग्न च्यासलका दिनेश दाई लगायत धेरैको ठुलो हात छ । उहाँप्रति म ऋणी छु । एक दिन लगाएको ऋण तिर्नेछु ।’ दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई दुई पटक स्वर्ण पदक जिताएका बिक्रमले भने ।

नेपालले भर्खरै १३ औं दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण जित्यो । टिमको मुख्य खेलाडी मध्यका एक थिए, बिक्रम ।

फाइनल खेलमा नियमित कप्तान सुजल श्रेष्ठले पहिलो हाफमै मैदान छाडेपछि टिमको कप्तानी बिक्रमले गरेका थिए । यसअघि १२ औं सागमा नेपालले स्वर्ण पदक जित्दा बिक्रम टिमका महत्वपूर्ण सदस्य थिए ।

स्पेनिस खेलाडी सर्जियो बुस्केट, ब्राजिलीयन तथा रियल माड्रिडका स्टार कासिमिरोलाई आईडल मान्ने बिक्रमले नयाँ तथा युवा खेलाडी बाबजुद यस बर्षको लिगमा थ्री स्टारको प्रदर्शन सन्तुलित रहेको बताए ।

‘नतिजाको हिसाबले थ्री स्टारको प्रदर्शन राम्रो हो । युवा टिम थियो । खेलाडीले राम्रो गरे ।’ उनी भन्छन्, ‘आउने दिनमा नयाँ भाइहरुको भबिष्य राम्रो छ ।’

Image may contain: 1 person, smiling, outdoor

तस्बिर-थ्री स्टार क्लब 

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेपको निर्देशन लत्याउँदै एन्फा

राखेपको निर्देशन लत्याउँदै एन्फा

९ महिनामै कमजोर देखिएको इन्टर

९ महिनामै कमजोर देखिएको इन्टर

खाली महसुस गरिरहेका जम्पा

खाली महसुस गरिरहेका जम्पा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

इशान किशन बने हैदराबादका कप्तान

इशान किशन बने हैदराबादका कप्तान

जापानले महिला एसियन कपको फाइनलमा

जापानले महिला एसियन कपको फाइनलमा

झापामाथि आर्मीको एकतर्फी जित

झापामाथि आर्मीको एकतर्फी जित

भिआइटी गण्डकीको मुख्य प्रायोजक

भिआइटी गण्डकीको मुख्य प्रायोजक

संकटाको प्रभावशाली सुरुआत

संकटाको प्रभावशाली सुरुआत

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा