• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
विदाईको पर्खाइमा रहेका पाँच फुटबलर
नमीन ढकाल
मंगलबार, वैशाख २, २०७७ नमीन ढकाल
विदाईको पर्खाइमा रहेका पाँच फुटबलर

काठमाडौं । जुमानु राई, भोला सिलवाल, सन्तोष साहुखल, राजु तामाङ र विराज महर्जन कुनै समय नेपाली फुटबलका स्टार थिए ।

पछिल्लो समय उनीहरु राष्ट्रिय टिमबाट बाहिर रहदै आएका छन् । तर, उनीहरुले फुटबलबाट सन्यास घोषणा भने गरिसकेका छैनन् ।

राजुले बाहेक अन्य खेलाडीले क्लब फुटबल खेलिरहेका छन् । यद्दपी पाँचै खेलाडी सन्यासको संघारमा रहेका छन् ।

सन्यासको संघारमा रहेका उनीहरु सुखद विदाईको पर्खाइमा छन् । उनीहरु पूर्व कप्तान तथा गोलरक्षक उपेन्द्रमान सिंह, पूर्व स्ट्राइकर हरि खड्का, पूर्व कप्तान अनिल गुरुङले जस्तै अखिल नेपाल फुटबल संघ (एन्फा) बाट सुखद विदाई चाहन्छन् । सुखद विदाईका लागि उनीहरुले एन्फासँग पनि आग्रह गरिसकेका छन् ।

पाँचै खेलाडीको एउटै भनाई छ, ‘हामीलाई सुखद विदाई दिनुहोस् । हामीले गरेको मेहनतको कदर गर्दिनुस् ।’

जुमानु राई

नेपाली फुटबलले पाएको स्ट्राइकर मध्येका जुमानु एक उच्च कोटीका खेलाडी हुन् । नेपाल पुलिसका प्रहरी नायब निरीक्षक (सई) रहेका जुमानु नेपाली राष्ट्रिय टिमका आक्रामक खेलाडीमा गनिन्छन् ।

जुमानुले राष्ट्रिय टिमबाट ११ गोल गरिसकेका छन् । जुन सर्वाधिक गोल गर्ने निराजन रायमाझी र हरि खड्का भन्दा २ गोलले पछि हो ।

बाघ बूढो हुँदैन - जुमानु - Khelpati

सन् २००६ मा ब्रुनाईविरुद्ध राष्ट्रिय टिमबाट डेब्यु गरेका जुमानु सन् २०१५ मा भारतविरुद्ध भएको खेलसँगै राष्ट्रिय टिमबाट बाहिर छन् । वर्तमान नेपाली टिमका डिफेन्डर अनन्त तामाङले यसै खेलबाट डेब्यु मौका पाएका थिए ।

गत वर्षको सहिद स्मारक 'ए' डिभिजन लिगमा जुमानुले ह्याट्रिक पुरा गरेका थिए । विभागीय मिसनबाट फर्किएपछि जुमानुले लिग खेलेका थिए ।

भोला सिलवाल

राष्ट्रिय टिमको मिडलाईनबाट उत्कृष्ट बल सप्लाई गर्ने खेलाडीमा पर्छन् भोला सिलवाल । एक समय नेपाली टिमका लागि नभई नहुने खेलाडी थिए । तर, चोटका कारण मैदान बाहिर रहँदा उनी राष्ट्रिय टिमबाट बिस्तारै बाहिरिए ।

Bhola Silwal - Koshi Online

सन् २००८ बाट राष्ट्रिय टिममा रहेका भोला सन् २०१६ बाट भने टिम बाहिर छन् । पछिल्लो समय भोलाले नेपाल निलोको नेतृत्व गर्दै दशरथ रंशगालामा जापानीज फुटबल लिगको टिमसँग खेलेपनि त्यो खेल कुनै आधिकारीक थिएन् ।

नेपाल पुलिसका प्रहरी नायब निरीक्षक (सई) समेत रहेका भोला लिगपछि मोफसलका प्रतियोगिता खेलिरहेका छन् ।

राजु तामाङ

सन् २००५ मा श्रीलंकामा भएको साफ च्याम्पियनसिपबाट राजुले नेपाली राष्ट्रिय फुटबल टिममा डेब्यु गरेका थिए । नेपाल आर्मीका जागिरे समेत रहेका राजुले सन् २००५ बाट २०१५ सम्म निरन्तर खेले ।

राजु नेपाली फुटबलका उत्कृष्ट मिडफिल्डरको अग्रपंक्तिमा आउने गर्छन् । तर, राजु ७३ सालयता भने राष्ट्रिय टिम बाहिर रहेका छन् ।

उनी अहिले सुखद विदाईको तयारीमा छन् । अहिले भने राजु टर्च लाईनमा देखिन थालेका छन् ।

सन्तोष साहुखल

सन्तोष साहुखल अन्तर्राष्ट्रिय फुटबलमा भन्दा पनि घरेलु फुटबलमा धेरै भाग्यशाली र चर्चित रहे । उनी शीर्ष डिभिजनको लिगमा १०० गोल पुरा गर्ने एकल खेलाडी हुन् । गत वर्षको सहिद स्मारक ए डिभिजन लिगमा सन्तोषले च्यासल युथ क्लबबाट खेल्दै सय गोलको कोशेढुंगा पार गरेका थिए ।

देश फर्कन तयार छु – सन्तोष शाहुखल - Khelpati

सन् २००७ बाट राष्ट्रिय टिमबाट डेब्यु गरेका सन्तोष २०१५ बाट भने टिम बाहिर रहँदै आएका छन् । उनले राष्ट्रिय टिममा रहँदा २९ खेल खेलेका छन् भने ४ गोल गरेका छन् ।

लिग खेल्न स्वदेश आउने गरेपनि सन्तोष जापान बस्दै आईरहेका छन् ।

विराज महर्जन

नेपाली फुटबलमा सर्वाधिक क्याप जित्ने खेलाडीमा पर्छन् विराज महर्जन । उनले गत सागमा ६८ क्याप पुरा गर्दै पूर्व कप्तान राजुकाजी शाक्यको नाममा रहेको सर्वाधिक क्यापको कीर्तिमानी तोडेका थिए ।

पूर्व कप्तान समेत रहेका लेफ्ट ब्याक विराजले ७२ क्याप पुरा गरिसकेका छन् । सन् २००८ मा पाकिस्तानविरुद्ध पोखरामा भएको ‘होम एण्ड अवे’ मैत्रीपूर्ण खेलका क्रममा विराजले राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए ।

अष्ट्रेलियाबिरुद्ध खेल्दै सन्यास ...

त्यस यता लगातार एघार वर्ष राष्ट्रिय टिमबाट खेलेका विराजले एक गोल समेत गरेका छन् । सन् २००९ मा दशरथ रंगशालामा विराजले किर्गीस्तानविरुद्ध फ्रिकिक मार्फत आकर्षक गोल गरेका थिए ।

पाकिस्तानविरुद्ध डेब्यु गरेका विराजले गत जेठ १९ मलेसियाविरुद्ध भएको अवे खेलमा अन्तिम पटक नेपाली टिमको आर्म ब्याण्ड लगाएका थिए । जुन खेलमा उनले ९० मिनेटनै मैदानमा बिताएका थिए ।

मुख्य प्रशिक्षक जोहान कालिनसँग सम्बन्ध चिसिएसँगै टिम बाहिर रहेका विराज मछिन्द्र क्लबबाट घरेलु फुटबलमा रमाईरहेका छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुटानसँग सजग नेपाल
भुटानसँग सजग नेपाल
७–० को हारलाई ‘सरप्राइज’ नमानेको नेपाली टोली
७–० को हारलाई ‘सरप्राइज’ नमानेको नेपाली टोली
नेपालको सधैंको कठिन प्रतिद्धन्दी भारत
नेपालको सधैंको कठिन प्रतिद्धन्दी भारत
नेपाली फुटबलमा  ‘प्रोफेसनलिज्म’ नै छैन !
नेपाली फुटबलमा ‘प्रोफेसनलिज्म’ नै छैन !
विक्रमसँगै सन्न्यास लिएको नेपाली फुटबल
विक्रमसँगै सन्न्यास लिएको नेपाली फुटबल
रोकिएला बार्सिलोना ?
रोकिएला बार्सिलोना ?
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
रोहितले इन्डोनेशियाली क्लब छाडे
रोहितले इन्डोनेशियाली क्लब छाडे
झापाको एन्फा महिला लिगमा छनोट हुने सम्भावना जीवितै
झापाको एन्फा महिला लिगमा छनोट हुने सम्भावना जीवितै
एन्फाले दुई दिनमै २ हजारले बढायो टिकट संख्या
एन्फाले दुई दिनमै २ हजारले बढायो टिकट संख्या
४२ वर्षको उमेरमा अमितले  लिए सबै फर्म्याटबाट सन्न्यास
४२ वर्षको उमेरमा अमितले लिए सबै फर्म्याटबाट सन्न्यास
आरएस रिसोर्ट एन्फा महिला लिगमा छनोट
आरएस रिसोर्ट एन्फा महिला लिगमा छनोट
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP