• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
अष्ट्रेलियाविरुद्ध खेल्दै सन्यास लिने विराजकाे चाहना
नमीन ढकाल
बुधबार, चैत २६, २०७६ नमीन ढकाल
अष्ट्रेलियाविरुद्ध खेल्दै सन्यास लिने विराजकाे चाहना
राष्ट्रिय टिमकाे प्रशिक्षणमा विराज महर्जन । फाेटाे : खेलपाटी

काठमाडौं । विराज महर्जन, नेपाली फुटबलका सफल कप्तान हुन् ।

नेपाली फुटबलले पछिल्लो समय जति सफलता पायो, त्याे विराजकाे कप्तानीमा भएकाे थियाे । 

विराजकै नेतृत्वमा नेपालले ३३ वर्षपछि पहिलो उपाधिको रुपमा एएफसीले आयोजना गरेको सोलिडारिटी कप जित्यो ।

बंगलादेशमा आयोजना भएको बंगबंन्धु गोल्डकपको उपाधि र भारतमा सम्पन्न भएको १२ औं दक्षिण एसियाली खेलुकद (साग) मा स्वर्ण पदक विराजकै कप्तानीमा नेपालले प्राप्न गरेकाे हाे । 

एन्फा एकेडेमी दोस्रो ब्याजका खेलाडी विराज घरेलु फुटबलका समेत सफल कप्तान र खेलाडीमा मानिन्छन् । तर, विराज अहिले अन्तराष्ट्रिय फुटबलको उत्तरार्धमा छन् । सन्यासको संघारमा छन् ।

पछिल्लो समय राष्ट्रिय टिमबाट बाहिर रहँदै आएका विराज नयाँ खेलाडीलाई अवसर दिने सोचाईमा छन् ।

पछिल्लो समय विदेशी प्रशिक्षक जोहान कालिनको नजरबाट विराज टाढा रहँदै आएका छन् । कालिन पनि विराजको फिटनेसको समस्या भन्दै टिममा राख्न पन्छिदै आईरहेका छन् ।

विराजलाई पनि थाहा छ कि टिममा पर्न अब मुस्किल हुनेछ । त्यसैले विराज सन्यासको उपयुक्त समयको पर्खाइमा छन् । अर्थात्, विराज घरेलु भूमिमा खेल्दै सुखद विदाई चाहन्छन् ।

‘घरेलु मैदानमा हुने अष्ट्रेलियासँगको खेलमा विदाई लिने चाहना हो । घरेलु दर्शकमाझ सुखद विदाई लिन चाहन्छु ।' सहिद स्मारक 'ए' डिभिजन लिगमा मछिन्द्र क्लबलाई पहिलो पटक च्याम्पियन बनाउन सफल कप्तान विराज भन्छन् ।

यस विषयमा विराजले एन्फा नेतृत्वसँग कुरापनि गरिसकेका छन् ।

‘मैले सन्यासको विषयमा एन्फासँग पनि कुरा गरेको छु ।’ उनले भने ।

सन् २००८ मा पाकिस्तानविरुद्ध पोखरामा भएको ‘होम एण्ड अवे’ मैत्रीपूर्ण खेलका क्रममा विराजले राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । त्यसयता लगातार ११ वर्ष राष्ट्रिय टिमबाट खेलेका विराजले ७२ क्याप जितिसकेका छन् ।

‘लेफ्ट ब्याक’ विराजले राष्ट्रिय टिमबाट एक गोल समेत गरेका छन् । सन् २००९ मा दशरथ रंगशालामा विराजले किर्गीस्तानविरुद्ध फ्रिकिकमार्फत आकर्षक गोल गरेका थिए ।

पाकिस्तानविरुद्ध डेब्यु गरेका विराजले गत जेठ १९ मलेसियाविरुद्ध भएको अवे खेलमा अन्तिम पटक नेपाली टिमको आर्म ब्याण्ड लगाएका थिए । जुन खेलमा उनले ९० मिनेटनै मैदानमा बिताएका थिए ।

विश्वभर फैलिएको कोरोना भाईरसको कारण भने विराज विश्राममा रहेका छन् ।

कोरोनाको कारण खेलकुद गतिविधि ठप्प छन् । दशरथ रंगशाला नजिकै घरमा रहेका विराज परिवारलाई समय दिरहेका छन् । यहि फुसर्दको समयसँगै विराजले अन्तराष्ट्रिय फुटबलबाट टाढा रहने सोच बनाईरहेका छन् ।

विराज सकेसम्म अष्ट्रेलिया जस्तो एसियाली पावर हाउस देशसँग विदाई चाहन्छन् । यो सम्भव नभए जोर्डनसँगको खेल पनि कुर्न तयार छन् ।

‘अष्ट्रेलियासँगको खेलसँगै विदाई लिने सोच बनाएको छु । सम्भव नभए जोर्डनसँग भएपनि एन्फाले मेरो बारेमा सोचिदिए हुन्थ्यो ।’ विराज भन्छन् ।

कप्तान विराज घरेलु फुटबलमा समेत सफल खेलाडी हुन् । उनले तीन फरक क्लबबाट शीर्ष डिभिजनको लिग जितेका छन् । विराजले थ्रीस्टार, मनाङ मर्स्याङ्दी र मछिन्द्र क्लबबाट ए डिभिजन लिग जितिसकेका छन् । विराज यस वर्षमात्रै मछिन्द्र पुगेका हुन् ।

सरस्वतीको पोस्टमा मछिन्द्रको आधा ...

एन्फाको लागि पनि विराजको विदाई सुनौलो अवसर हो । एन्फाले पूर्व कप्तान अनिल गुरुङलाई सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुखद विदाई गरेपछि त्यस यता कुनै खेलाडीको विदाई गरेको छैन ।

एनआरटीलाई हराउँदै मछिन्द्र शीर्ष ...

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुटानसँग सजग नेपाल
भुटानसँग सजग नेपाल
७–० को हारलाई ‘सरप्राइज’ नमानेको नेपाली टोली
७–० को हारलाई ‘सरप्राइज’ नमानेको नेपाली टोली
नेपालको सधैंको कठिन प्रतिद्धन्दी भारत
नेपालको सधैंको कठिन प्रतिद्धन्दी भारत
नेपाली फुटबलमा  ‘प्रोफेसनलिज्म’ नै छैन !
नेपाली फुटबलमा ‘प्रोफेसनलिज्म’ नै छैन !
विक्रमसँगै सन्न्यास लिएको नेपाली फुटबल
विक्रमसँगै सन्न्यास लिएको नेपाली फुटबल
रोकिएला बार्सिलोना ?
रोकिएला बार्सिलोना ?
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
रोहितले इन्डोनेशियाली क्लब छाडे
रोहितले इन्डोनेशियाली क्लब छाडे
झापाको एन्फा महिला लिगमा छनोट हुने सम्भावना जीवितै
झापाको एन्फा महिला लिगमा छनोट हुने सम्भावना जीवितै
एन्फाले दुई दिनमै २ हजारले बढायो टिकट संख्या
एन्फाले दुई दिनमै २ हजारले बढायो टिकट संख्या
४२ वर्षको उमेरमा अमितले  लिए सबै फर्म्याटबाट सन्न्यास
४२ वर्षको उमेरमा अमितले लिए सबै फर्म्याटबाट सन्न्यास
आरएस रिसोर्ट एन्फा महिला लिगमा छनोट
आरएस रिसोर्ट एन्फा महिला लिगमा छनोट
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP