• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
अजितको लकडाउन डायरी : 'खेल्न नपाउँदा आत्तिएको छु'
नमीन ढकाल
सोमबार, चैत २४, २०७६ नमीन ढकाल
अजितको लकडाउन डायरी : 'खेल्न नपाउँदा आत्तिएको छु'

काठमाडौं । स्विडिस प्रशिक्षक योहान कालिनको आगमनपछि नेपाली राष्ट्रिय फुटबलले पाएको नयाँ डिफेन्डर हो अजित भण्डारी ।

गत चैतमा कालिनले आफ्नो पहिलो बैदेशिक भ्रमण क्रममा अजितसँगै ५ खेलाडीलाई एकै पटक डेब्यु गराएका थिए । यस अघि नेपाली तथा विदेशी प्रशिक्षकको नजरबाट टाढा रहेका अजित कालिनको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमै टिममा पर्न सफल भए ।

पहिलो खेलबाटनै कालिनको मन मस्तिस्कमा बस्न सफल अजित त्यस यता भने नियमित रुपमा राष्ट्रिय टिममा छन् । केहि समय खुट्टाको चोटका कारण मैदान बाहिर रहेपनि अजितले अन्तर्राष्ट्रिय खेल गुमाउनु परेन ।

तर, नेपालले लामो समय अन्तर्राष्ट्रिय खेल नखेल्दा र लामो समय मैदान बाहिर बस्नु नपर्दा अजितलाई पुनः राष्ट्रिय टिममा स्थान बनाउन सकस भएन ।

पछिल्लो समय अष्ट्रेलिया र चाईनिज ताईपेविरुद्धको खेलका लागि लागि बन्द प्रशिक्षणमा रहेका अजितले कोरोना भाईरसको कारण प्रशिक्षण स्थगित भएपछि परिवारलाई समय दिन पाएका छन् ।

चीनको वुहानबाट सुरुभएको कोरोनाले अहिले विश्वबजारलाई आक्रान्त बनाएको छ । कोरोनाले विश्वभर ५० हजार भन्दा माथिको ज्यान लिईसकेको छ ।

कोरोनाबाट बच्न विश्वका अधिकांस देशले लकडाउनको अवधारणा ल्याएका छन् । नेपाल सरकारले पनि लकडाउन गरेको १४ दिन भईसकेको छ ।

Image may contain: 2 people, outdoor

सरकारको लकडाउन अघि नै राष्ट्रिय खेलकुद् परिषद् (राखेप)ले आफ्ना संघहरुलाई खेलकुद गतिविधि अनिश्चित कालका लागि बन्द गर्न निर्देशन दिएको थियो । जसका कारण नेपालमा अहिले खेलकुद गतिबिधि ठप्प रहेको छन् ।

राखेपको निर्देशनसँगै चलिरहेको 'बी' डिभिजन लिग पनि अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्थगित गरेको थियो ।

खेलकुदका गतिबिधिनै ठप्प र लकडाउन सँगै खेलाडीहरुको दिनचर्या पनि घरमै सिमित बन्न पुगेको छ ।

फुटबल नहुँदा र लकडाउनको कारण डिफेन्डर अजित यतिबेला गृहजिल्ला पोखरामा रहेका छन् ।

मैदान उत्रन नपाएका अजितको पनि अन्य खेलाडीको जस्तै दैनिकी रहेको छ । घरमै फिटनेसमा ध्यान दिएका उनि अन्य समय भने रेष्टमानै हुन्छन् ।

‘कोरोनाको कारण बाहिर त निस्केको छैन । तर, पनि बिहानको समय मिलाएर सामान्य ट्रेनिङ, रनिङ , जगिन र बलसँग टचमा रहिरहेको हुन्छु,’ पोखराको सहारा एकेडेमीबाट उत्पादित अजित भन्छन् ।

नेपाल पुलिस क्लबमा आबद्व अजित निकैनै मेहनती खेलाडीको सूचीमा गनिन्छन् ।

दौडमा अब्बल, सेन्टर, राईट तथा लेफ्ट ब्याक (डिफेन्स) तीनै पोजिसनमा खेल्न सक्ने भएरनै अजित प्रशिक्षक कालिनको नजरमा पर्न सफल भएका हुन् । बिपक्षी खेलाडीसँग सहजै प्रतिस्पर्धा गर्नु पनि अजितको अर्काे कला मानिन्छ ।

नेपाल पुलिसबाट खेल्दा सेन्टर डिफेन्डरको भूमिका निर्वाह गर्ने अजित राष्ट्रिय टिमबाट खेल्दा भने राईट ब्याक र लेफ्ट ब्याकको भूमिकामा हुने गर्छन् । राष्ट्रिय टिममा अजितको आगमनसँगै पूर्व सदस्य तथा कप्तान विराज महर्जनको बर्हिगमन भएको हो ।

गत चैत पहिलो साता कुवेतविरुद्ध भएको मैत्रीपूर्ण खेलमा अजितले राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । विमल राना, सन्तोष तामाङ, सुरज विश्वकर्मा र रवि पासवानसँगै डेब्यु गरेका उनि त्यस यता भने नियमित रुपमा टिममा छन् ।

नियमित ३ खेल प्लेईङ सेटमा रहेर खेलेका अजित भदौ १९ गते कुवेतविरुद्धको खेलमा चोट बोक्न पुगे । खुट्टामा चोट बोकेका उनि खेलको ५४ मिनेटमा मैदानबाट बाहिरिएका थिए ।

फिफा विश्वकप छनोट अन्तर्गत चाईजित ताईपेविरुद्धको एक मात्रै जितमा टिम बाहिर रहेका अजित असोजमा अष्ट्रेलियाविरुद्ध टिममा पुनरागमन गर्न सफल भए ।

प्रशिक्षक कालिनको विश्वासी पात्र बनिसकेको अजित मंसिर पहिलो साता कुवेतविरुद्ध भुटानमा भएको होम खेलमा भने पुनः प्लेईङ सेटमै फर्किएका थिए ।

लकडाउनको केहि हप्ता अघि गृहजिल्लामा सम्पन्न १८ औं आहा रारा गोल्डकपमा पुलिसलाई उपाधि जिताउन नसकेपनि उनले प्रतियोगिताकै सर्बाेत्कृष्ट खेलाडी चुनिए । अजित कानिलको मात्रै नभई आक्रामक प्रशिक्षकको उपमा पाएका पुलिसका प्रशिक्षक अनन्त राज थापाको समेत विश्वासी पात्र हुन् ।

आहा रारामा पुलिसका अजित सर्वोकृष्ट ...

पोखरामा रहेका अजित घरमा बस्दा बस्दा आजित भईसकेका छन् । उनी मैदान निस्कन नपाउँदा अत्तालिएका छन् । अजित चाडो कोरोना नियन्त्रणमा आओस् र मैदानमा उत्रन पाए हुन्थ्यो भनेर प्रार्थना गर्छन् ।

‘यो अवस्थामा बाहिर निस्कन गाह्रो छ । घरमा बस्दा बस्दा दिग्दार भईसके । खेल्न नपाउँदा, घरमा बस्दा आत्तिएको छु,' २६ वर्षे अजित भन्छन् ।

विभागीय जागिरे भएपनि यस संकटको अवस्थामा विभागले खेलाडीलाई फिल्डमा उतारेको छैन । त्यसैले घरमै रहेका अजित आफ्ना शुभेच्छुकलाई कोरोनाबाट बच्न घर भित्रनै रहन र स्वास्थ्य रहन आग्रह गर्दै नेपाल सरकारले गरेको आग्रहको पालना गर्न सुझाब दिन्छन् ।

‘यस्तो अवस्थामा नेपाल सरकारले गरेको आग्रहको पालना गर्नुहोला । घर बाहिर ननिस्कनु होला । स्वास्थ्यको ख्याल गर्नुहोला,’ उनले भने ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली महिला टोलीको कप्तान को?
नेपाली महिला टोलीको कप्तान को?
मिसन एसियन कप !
मिसन एसियन कप !
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
समूह चरणमा नेपपालको शतप्रतिशत जित
समूह चरणमा नेपपालको शतप्रतिशत जित
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP