• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
विभागका खेलाडी – फिल्डमा उत्रने तयारी
खेलपाटी संवाददाता
मंगलबार, चैत १८, २०७६ खेलपाटी संवाददाता
विभागका खेलाडी – फिल्डमा उत्रने तयारी

काठमाडौं । विश्व समुदाय माहामारीको रुपमा फैलिएको कोरोना भाईरससँग लडिरहेको छ । चीनको वुहान प्रान्तबाट सुरु भएको कोभिड १९ अहिले विश्वभर फैलिएको छ । जसका कारण हजारौ मानिसले ज्यान गुमाएका छन्, लाखौ संक्रमित देखिएका छन् ।

विश्वका ठुला र समृद्व देश कोरोनासँग लडिरहदाँ नेपाल पनि यसबाट अछुतो छैन । हाल सरकारले संक्रमण फैलन नदिन देशभर ‘लकडाउन’ गरेको छ । जसका कारण अत्यावश्यक बाहेक सम्पुर्ण गतिविधि ठप्प छन् ।

कतारबाट आएकी एक युवतीमा कोरोनाको संक्रमण देखिएपछि सरकारले संक्रमण फैलन नदिन कडा कदम चालेको हो । नेपालमा ५ जना संक्रमित भेटिएका छन् । एक जनाको डिस्चार्ज भैसकेको छ ।

देशनै ठप्प रहेको अवस्थामा खेलकदु गतिविधि शुन्य छ । सम्पूर्ण खेलाडी अहिले आ–आफ्नो घर र बन्द कोठामा रहेका छन् । जससँगै उनीको दैनिक अभ्यास समेत प्रभावित बनेको छ ।

केही खेलाडी घरको छतमा बसेर नियमित अभ्यास गर्न बाध्य छन् । विभागीय टिम बाहिरका खेलाडीले परिवारसँग समय विताउन पाएका छन् । अन्य खेलाडी घर परिवारसंग रहेपनि विभागका खेलाडीको दैनिकी भने भिन्न छ ।

जागिरे जिवनमा रहेका उनीहरुलाई सरकारले कोरोनाबिरुद्वको अभियानमा फिल्ड (कोरोना संक्रमित मैदान)मा डाकेको छ । लकडाउनको समय र कोरोनाको प्रभाव कहिलेसम्म रहने टुङ्गो छैन । तर खेलाडीलाई ड्युटीका लागि तयारी अवस्थामा रहन विभागले निर्देशन दिईसकेको छ ।

सरकारले आर्मी, एपीएफ र पुलिसका खेलाडीलाई सुरक्षाको लागि तयार रहन निर्देशन दिएको छ ।

यसअघि सरकारले राष्ट्रिय संकटको अवस्थामा मात्र खेलाडीलाई फिल्डमा खटाउने गरेको थियो । सामान्य अवस्थामा क्लबका खेलाडीले खेल्ने मात्र आएका थिए ।

विभागबाट खेलिरहेका तर स्थायी जागिरमा नरहेको खेलाडीलाई फिल्डमा बोलाईएको छैन । करारमा रहेका र चोट ग्रस्त खेलाडीलाई फिल्डमा नबोलाउने विभागले बताएको छ ।

Image may contain: 3 people, people standing, child and outdoor

राष्ट्रिय महिला फुटबल टिमकी महत्वपूर्ण सदस्य सावित्रा भण्डारी (साम्बा)ले देशको सुरक्षाको लागिनै जागिर खाएको र संकटको अवस्थामा मैदान उत्रन कुनै समस्या नभएको बताईन् ।

‘देश र जनताको लागि जागिर खाएको हुँ । देशको सुरक्षा गर्छु भनेरनै जागिर खाए । यस्तो अवस्थामा फिल्डमा आउन उत्सुक छु ।’ नेपालको लागि सर्वाधिक ३४ गोल गरेकी कीर्तिमानी खेलाडी साम्बाले खेलपाटीसँग भनिन् ।

भर्खरै मात्रै पूर्व कप्तान अनु लामाको नाममा रहेको ३४ गोलको कीर्तिमान तोडेकी भण्डारीले १२ दिनको छुट्टिपछि ड्युटीमा जोडिन लागेकी हुन् ।

‘विदा दिएपनि आपतको अवस्थामा घर नजानु भनेको थियो ।’ उनले भनिन् ।

एपीएफ स्रोतका अनुसार भोली (मंगलबार)बाट खेलाडीलाई फिल्डमा उतार्ने तयारी छ ।

तर खेलाडीलाई समस्या आउन सक्ने भएकाले उनीहरुलाई तयारी अवस्थामा राख्ने कि बाहिर निकाल्ने भन्नेबारे समस्या देखिएको छ ।

Image may contain: 1 person, smiling, standing, shoes and outdoor

महिला राष्ट्रिय फुटबल टिमकी सदस्य तथा एपीएफकी गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बाले महामारीको अवस्थामा आफुहरु तयारी अवस्थामा बस्नुपर्ने बताईन् ।

‘अहिलेको अवस्था निकै नराम्रो छ । जागिरे भैसकेपछि ड्युटीबाट पछाडी हट्नु हुन्न । एक प्रकारले खुसी पनि छु । यो अवसर पनि हो ।’ विगत ४ बर्षदेखि एपीएफको जागिरमा रहेकी एन्जिलाले भनिन् ।

यसअघि क्लबका खेलाडीलाई सिमित क्षेत्रमा ड्युटीमा राखेपनि यसपटक भने बाहिर फिल्डमै उतार्न लागिएको एपीएफ स्रोतले बताएको छ ।

यता, आर्मीले क्लबका खेलाडीलाई आ–आफ्नो ‘युनिट’मा सुरक्षाकालागि खटाईसकेको छ । नेपाल पुलिसले पनि खेलाडीलाई केही समयमा फिल्डमा खटाउने तयारी गरेको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली महिला टोलीको कप्तान को?
नेपाली महिला टोलीको कप्तान को?
मिसन एसियन कप !
मिसन एसियन कप !
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
समूह चरणमा नेपपालको शतप्रतिशत जित
समूह चरणमा नेपपालको शतप्रतिशत जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP