• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
किन खेल्दैनन् अफिज ?
नमीन ढकाल
शुक्रबार, फागुन ३०, २०७६ नमीन ढकाल
किन खेल्दैनन् अफिज ?
गाेल गरेकाे खुसी मनाउँदै मनाङका अफिज । फाेटाे : एन्फा

काठमाडौं । घरेलु फुटबलमा आएका सर्वाधिक उत्कृष्ट स्ट्राइकर मध्यका एक हुन्, आफिज ओलाडिपो ओलावाले । उनी फागुनको पहिलो साता फेरी पुर्व क्लब मनाङ मस्र्याङ्दी क्लबमा फर्किए ।

गत सिजनकोे सहिद स्मारक ए डिभिजन लिग र एएफसी कप मनाङबाट खेलेका उनी यस सिजन भने साउदी अरव पुगे । साउदीको लिग सकेर बसेका उनलाई पुन मनाङले क्लबमा अनुबन्धन गर्न सफल भयो ।

मोफसलका गोल्डकप र बैशाखमा तयारी गरिएको राष्ट्रिय लिगका लागि मनाङले अफिजलाई क्लबमा अनुबन्धन गरेको थियो ।

अफिज त्यो समय नेपाल आए, जति बेला धरानमा मनाङले बुढाशुब्बा गोल्डकप खेलिरहेको थियो ।

लगत्तै उनी श्रम स्विकृती लगायत कागजी प्रक्रियामा ब्यस्त थिए । मनाङ समेत बुढाशुब्बा लगत्तै पोखरामा हुने आहा रारा गोल्डकपमा अफिजलाई उतार्न चाहन्थ्यो ।

आहा रारा गोल्डकप अब समापनको संघारमा छ । मनाङ समेत फाईनल पुगेको छ । तर अफिज मनाङको जर्सीमा उत्रन पाएका छैनन् ।

पोखरेली दर्शकको प्रिय क्लब हो, मनाङ । तर मनाङले क्लबमा महङ्गा विदेशी खेलाडीलाई मैदान उतार्न सकेको छैन ।

आखिर किन ?

क्लबले भने कागजी प्रक्रिया नमिलेका कारण उनले खेल्न नपाएको जनाएको छ ।

मनाङले अफिजलाई मोफसलको प्रतियोगितामा दुई महिना र त्यसपछि राष्ट्रिय लिगमा राख्न सकिने बताएको थियो ।

‘उसलाई मोफसलकै लागि भनेर बोलाएको हो । अट्याकमा केहि समस्या हुँदा उसलाई पुनः अनुबन्धन गरिएको हो । तर विभिन्न कारण भन्दै एन्फाले मोफसलमा खेल्न दिएको छैन ।’ मनाङका महासचिव अनिल गुरुङ भन्छन् ।

ए डिभिजन लिग : तीन क्लब चौथो चरणसम्म अपराजित, चार क्लब जितविहिन, मनाङ शीर्ष स्थानमा

नाईजेरियन खेलाडी अफिज अहिले पोखरामै रहेर टिमसँग तयारी गरिरहेका छन् । तर खेलको समय भने उनी दर्शक दिर्घामा हुन्छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले भने आफिज यस सिजनको लिग ‘विन्डोज’ मा नेपालमा खेल्न दर्ता नभएको र कागजी प्रक्रिया अन्तराष्ट्रिय सरुवा प्रमाणपत्र (आईटीसी) समेत पुरा नभएको उल्लेख गर्दै खेल्न नपाएको बताएको छ ।

‘अहिले विन्डो ओपन (खेलाडी दर्ता) खुलेको छैन । सिजनको सुरुवातमा दर्ता नभएर हाल मनाङबाट खेल्न नपाएको हो । कागजी प्रक्रिया पुरा भएपछि टिमबाट खेल्न पाउँछ ।’ एन्फा केन्द्रिय सदस्य तथा मोफसल प्रतियोगिता आयोजना समितिका संयोजक विजय घलले खेलपाटीसँग भने ।

मनाङका महासचिव गुरुङ भने एन्फाले सुरुमै नियमावली नबनाउँदा क्लबलाई समस्या भएको बताउँछन् ।

‘एन्फाले लिग अघिनै नियमावली बनाउन पर्ने हो । तर लिग सक्किएपछि नियमावली आयो । जसले गर्दा क्लबलाई समस्या आएको छ । एक प्रकारले नियमावली मनाङलाई मात्रै लाग्ने गरि बनाएको जस्तो देखिएको छ ।’

एन्फाले लिग अघिनै क्लबलाई नियमावली नदिएको भन्दै मनाङ सहितका केही क्लबले लिगको टाईसिट ‘ड्र’नै बहिस्कार गरेका थिए ।

एन्फाले ढिला गरेर लिग अघि र अप्रिल पहिलो साता ‘विन्डो ओपन’ गर्ने प्रचलन ल्याएको छ । एन्फाले नियमावलीमा एक खेलाडीले एकै सिजन एउटै क्लबबाट खेल्ने प्रावधान समावेश गरेको छ ।

कुनै पनि क्लबले एक महिनामा तीनवटा भन्दा बढी मोफसलक प्रतियोगिता खेल्न पाउने छैनन् । यस्तै एन्फाले ऋणमा दुई खेलाडी मात्र क्लबले लिन पाउने प्राबधानमा राखेको छ । बर्षभरी क्लबमा अनुबन्धित खेलाडी अर्को क्लबमा लोनमा जादा पुर्व क्लबबिरुद्ध खेलाडी खेल्न नपाउने प्रावधान नियमावलीमा उल्लेख गरिएको छ । सोही कारण मनाङले राष्ट्रिय टिमका युवा स्टार अभिषेक रिजाललाई अनुबन्धन गर्न पाएको थिएन ।

अफिजले गत सिजनको ए डिभिजन लिगमा सर्वाधिक ७ गोल गरेका थिए । आईटीसीको कारण मोफसलमा खेल्न नपाएका अफिजको अनुपस्थितीमा मनाङलाई घाटा हुने देखिएको छ ।

अफिज घरेलु फुटबलमा सर्वाधिक माग रहेको फरवार्ड हुन् । उनले क्लबसंग मासिक करिब दुई लाख रुपैयाँ माग गर्दै आएका थिए । उनलाई मछिन्द्र लगायतका ठुला क्लबले समेत अनुबन्धनको प्रयास गरेका थिए । उनै फरवार्ड खेल्न नपाएपछि मनाङलाई घाटा लाग्ने देखिएको हो । उनी मैदान फर्कन अप्रिलको पहिलो सातामै कुर्नुपर्ने देखिएको छ ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली महिला टोलीको कप्तान को?
नेपाली महिला टोलीको कप्तान को?
मिसन एसियन कप !
मिसन एसियन कप !
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
रौनकको शतक, भुटानलाई ३५९ रनको लक्ष्य
रौनकको शतक, भुटानलाई ३५९ रनको लक्ष्य
सिटीको जर्सीमा फोडेनको १०० गोल
सिटीको जर्सीमा फोडेनको १०० गोल
सिटीलाई हराउँदै अल–हिलाल क्वार्टरफाइनलमा
सिटीलाई हराउँदै अल–हिलाल क्वार्टरफाइनलमा
जित्न चाहने कप्तान मार्टिनेज
जित्न चाहने कप्तान मार्टिनेज
भुटानसँग नेपालले टस जित्यो
भुटानसँग नेपालले टस जित्यो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP