इलाम । छैटौं संस्करणको माईभ्याली गोल्डकप फुटबलको दोस्रो सेमिफाइनल आज (बिहिबार) हुँदैछ ।
इलामको टुँडिखेलमा हुने दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र आयोजक माईभ्याली क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
दुवै टिम जित निकाल्दै फाइनलमा पुग्न चाहन्छ । विजेताले फाइनलमा मछिन्द्र फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । मानेभञ्ज्याङ एफसी दार्जिलिङलाई ३-० गोल अन्तरले पराजित गर्दै मछिन्द्र उपाधि नजिक पुगिसकेको छ ।
यस अघि क्वाटरफाइनलमा आर्मीले 'ए' डिभिजन प्रतिद्वन्द्वी संकटा क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा पुगेको हो ।
यस्तै आयोजकले भारतको मोहम्डम स्पोर्टिङ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा आर्मीसँगको भेट पक्का गरेको हो ।
१० टिम सहभागी प्रतियोगिताको विजेताले नगद ८ लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १ लाख २५ हजार प्राप्त गर्ने छन् ।