काठमाडौं । चौंथो संस्करणको सुदुरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको उद्घाटन खेलमा बाग्मती क्लब र कञ्चनजंघा फुटबल क्लब भारतबीच प्रतिस्पर्धा हुने भएको छ ।
आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लबले सोमबार सार्वजनिक गरेको खेल तालिका अनुसार उद्घाटनमा बाग्मती र कञ्चनजंघा खेल्ने भएको हो । उद्घाटन खेल फागुन ९ गते हुनेछ । उक्त खेलको विजेताले सेमिफाइनल प्रवेशको लागि आयोजक सुदूरपश्चिम–११ सँग प्रतिस्पर्धा गर्नेछ ।
यस्तै फागुन १० मा नेपाल एपिएफ क्लब र एनआरटी क्लबबीच प्रतिस्पर्धा हुनेछ । विजेताले फागुन १५ मा सेमिफाइनल प्रवेशको लागि नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
फागुन ११ मा नव जनजागृती क्लब सिमरा र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । जसको विजेताले सेमिफाइनल प्रवेशको लागि फागुन १४ मा रुस्लान थ्री स्टार क्लब काठमाडौंसँग प्रतिस्पर्धा गर्नेछ ।
फागुन १२ मा गोर्खा ब्वाइज रुपन्देही र कोबा फुटबल क्लब क्यामरुनबीच प्रतिस्पर्धा हुनेछ । जसको विजेताले सेमिफाइनल प्रवेशको लागि सिएमजी संकटा काठमाडौंसँग फागुन १६ मा प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनल फागुन १७ र दोस्रो १८ गते हुनेछ । फाइनल फागुन २० मा हुनेछ ।
धनगढी रगशालामा आयोजना हुने प्रतियोगिताको विजेताले २१ लाख १ रुपैया तथा उपविजेताले १० लाख १ रुपैँया पाउने क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाईकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५÷१५ हजार प्रदान गरिने छ ।
यस्तै आयोजकले १२ टिम सहभागी प्रतियोगिताको ट्रफी समेत सार्वजनिक गरेको छ । आयोजकले प्रतियोगिताको ८० प्रतिशत काम समेत सकिएको जनाएको छ ।
खेल तालिका -
