काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबसहित १० टिमले छैटौँ संस्करणको माईभ्याली गोल्डकप फुटबलमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
आयोजक माईभ्याली फुटबल क्लब इलामले प्रतियोगितामा लिग विजेता मछिन्द्र, लिग उपविजेता त्रिभुवन आर्मी क्लब र 'ए' डिभिजनका संकटासहित १० टिमले खेल्ने जनाएको हो ।
यस्तै यस संस्करणमा भारतका कोहीमा इगल फुटबल क्लब, एमएफसी दार्जीलिङ, मोहम्मडेन स्पोर्टिङ र भ्यान्टोक सिटी सिक्किमले खेल्नेछन् । त्यस्तै आयोजक माईभ्याली क्लब, झापा-११ र गोर्खा ब्वाईज फुटबल क्लब रुपन्देहीले खेल्ने छन् ।
प्रतियोगिताको उद्घाटनमा गोर्खा ब्वाईज र कोहीमाबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल ठुलो टुँडिखेल इलाममा फागुन १५ गते हुनेछ ।
यस संस्करणको विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने छन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख २५ हजार प्राप्त गर्ने छन् ।
खेल तालिका -
