एजेन्सी । फुटबलमा प्राय: प्रशिक्षकहरुले विपक्षी खेलाडीलाई दुर्व्यबहार गरेको प्रशस्त भेटिन्छ । जसको कारण प्रशिक्षकहरुले रातो कार्ड र प्रतिबन्धसम्मको कारबाही भोग्ने गरेका छन् ।
तर, इटालियन फुटबलको चौंथो श्रेणीको लिगमा भने अनौठो घटना भएको छ । जहाँ आफ्नै टिमका खेलाडीलाई पिटेपछि प्रशिक्षकले रातो कार्ड पाएका छन् ।
चौंथो डिभिजन क्लब ग्रोस्सेटोका प्रशिक्षक लाम्बेर्टो माग्रिनीले आफ्नै खेलाडीलाई पिटेपछि रातो कार्ड पाएका हुन् ।

प्रशिक्षक लाम्बेर्टोले मोन्टेरोसीविरुद्धको खेलमा रिकार्डो क्रेटेलाको स्थानमा माटीया राभानेलीलाई मैदान पठाएका थिए । आफु सब्सीच्युड भएपछि रिकार्डो निकै रिसाएका थिए ।
तर, जब रिकार्डो प्लेयर बक्समा आए पीचमा रहेका प्रशिक्षक लाम्बेर्टोले गालामा झापड हानेका थिए । त्यसपछि रेफ्रीले उनलाई रातो कार्ड दिदै मैदान बाहिर पठाएका थिए ।
उक्त खेलमा ग्रोस्सेटोले मोन्टेरोसीलाई १-० ले हराएको थियो ।
