हजार्डको पुनरागमन, रियलको बराबरीएजेन्सी । स्पेनिस लिगमा शीर्ष स्थानको रियल मड्रिडले बराबरी खेलेको छ । आईतबार राति भएको खेलमा रियलले सेल्टा डी भिगोसंग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
बराबरीको नतिजासंगै रियलले दोस्रो स्थानको बार्सिलोनासंग अंक दुरी बढाउने मौका गुमाएको छ ।
फेडर स्मोलोभले स्पेनिस लिगमा पहिलो गोल गर्दै सेल्टालाई सातौं मिनेटमा सुरुवाती अग्रता दिलाएका थिए ।
टोनी क्रुसले ५२ औं मिनेटमा रियलका लागि बराबरी गोल गरे । सर्जियो रामोसले ६५ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै रियललाई अगाडी बढाएका थिए ।
खेल सकिन ५ मिनेट बाँकी छदाँ सेल्टाका मिना लोरेन्जोले गोल गर्दै रियलसंग अंक खोस्न सफल रहे ।
रियलका लागि इडेन हजार्ड लामो समयपछि मैदान फर्किएका थिए । बेलले गाेलका प्राप्त अवसरलाइ सदुपयाेग गर्न सकेनन् भने रामोसको गोलले मान्यता नपाउँदा रियलले अंक बाँड्न बाध्य रह्यो ।
रियलले सन् २०१२ मा पछिल्लो पटक स्पेनिस लिगको उपाधि जितेको थियो । लिगमा अब १४ खेल बाँकी रहदाँ रियलले दोस्रो स्थानको बार्सिलोनासंग एक अंकको अग्रता लिएको छ ।
रियल ५३ अंक सहित शीर्ष स्थानमा छ । सेल्टा २१ अंक सहित रेलिगेशन जोन भन्दा एक स्थान माथि छ ।