काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिगको तयारीमा रहेको बाँसबारी क्लबलाई अराउन्ड द हिमालयज प्रालिले मुख्य प्रायोजन गरेको छ ।
बाँसबारीले आइतबार टुरिजम क्षेत्रमा काम गरिरहेको कम्पनि अराउन्ड द हिमालयजसँग एक वर्षे प्रायोजन सम्झौता गरेको छ ।
क्लबका अध्यक्ष प्रेम थापा र हिमालयजका एमडी सुधा रमनले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौतासँगै अराउन्ड द हिमालयजले क्लबलाई १० लाख नगद उपलब्ध गराउने छ ।
यस्तै क्लबले अराउन्ड द हिमालयज बाँसबारीको नामबाट 'बी' डिभिजन लिग खेल्नेछ । यस्तै क्लबको जर्सीमा प्रायोजकको लोगो राखिनेछ ।

'बी' डिभिजन लिग फागुन १२ गतेबाट सुरु हुनेछ । यस सिजन बाँसबारीले शीर्ष डिभिजनमा उक्लने लक्ष्य बनाएको छ ।
लिगका लागि क्लबले 'ए' डिभिजन लिगको अनुभव बटुलिसकेका २२ खेलाडी र ३ प्रशिक्षकसँग सम्झौता गरिसकेको छ ।
क्लबको मुख्य प्रशिक्षकमा राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक युगल किशोर राई रहेका छन् । यस्तै क्लबले सहायक प्रशिक्षकमा निशान श्रेष्ठ र कण्डीसनिङ प्रशिक्षकमा भारतका कपिल फोगटलाई अनुबन्ध गरेको छ ।

बाँसबारीको टिम :
अन्जन देवकोटा (कप्तान)
टंक प्रसाद गुरुङ
सुलेमान थापा मगर
अनिल गुरुङ
अनुज भण्डारी
अमृत श्रेष्ठ
भिष्मराज घिमिरे
शिव गुरुङ
निशान सुनार
सजिन थापा मगर
सुरेश कुमाल
विशाल स्याङतान
सुदिस जबेगु
केशब खड्का
विपिन गुरुङ
रोशन नेपाल
संजय सुब्बा
अजय राजवंशी
दिपान्शु राउत
मकर ध्वज गुरुङ
कमल खवास
अमृत गुरुङ