पुनर्वास । धनगढी उपमहानगरपालिकाले प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
पुनर्वास नगरपालिकामा शनिबार भएको फाइनलमा आयोजक पुर्नवास नगरपालिका निलोलाई ५–२ को गोल अन्तरले हराउँदै धनगढी च्याम्पियन बनेको हो ।
धनगढीको जितमा भीम थापाले दुई गोल गरे । यस्तै किरण बोहरा, सुवाश राना र कुवेर सिंहले एक एक गोल गरे । पुनर्वासका विशाल बोहराले दुई गोल फर्काए ।
उपाधिसँगै धनगढीले ३ लाख नगद प्राप्त गर्यो । उपविजेता भएको आयोजक पुर्नवासले २ लाख पाएको छ । प्रतियोगिताको वेष्ट प्लेयर धनगढीका विवेक सन्जेल भए । उनले नगद १० हजार प्राप्त गरे । बेस्ट स्कोरर वेलौरी नगरपालिकाका दिपेन्द्र शाही भए । उनले नगद ७ हजार प्राप्त गरे ।
यस्तै बेष्ट किपर धनगढीका पारस खत्री, राइजिङ प्लेयर पुर्नवास निलोका सुदिप तामाङ र बेष्ट डिफेन्डर पुर्नवास निलोका साहिल तामाङ भए । उनीहरुले नगद ५/५ हजार प्राप्त गरे ।