काठमाडौं । फिफा विश्वकप छनोट तथा एसियन कप छनोट अन्तर्गत अष्ट्रेलियासँगको खेलका लागि नेपालले प्रारम्भिक फुटबल टोलीको घोषणा गरेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार ३१ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो ।
नेपालले मार्च ३१ मा अष्ट्रेलियासँग घरेलु खेल खेल्नेछ । खेल दशरथ रंगशालामा हुनेछ ।
योहान कालिनले घोषणा गरेको टोलीमा दर्शन गुरुङ पहिलो पटक टिमको प्रारम्भिक टोलीमा परेका छन् । दर्शन शनिबार सकिएको 'ए' डिभिजन लिगका युवा खेलाडी घोषित भएका थिए ।
नियमित कप्तान तथा गोलकिपर किरण चेम्जोङ, फरवार्ड विमल घर्ति मगर र रोहित चन्द प्रारम्भिक टोलीमै परेका छैनन् ।
किरण भारतको आईलिगमा व्यस्त रहेका छन् । रोहित इन्डोनेसियामा पर्सिजा जकार्ताको टिमबाट नयाँ सिजनको तयारी गरिरेहका छन् ।
यस्तै नियमित रहदै आएका दिनेश राजवंशी, अभिषेक रिजाल र सन्तोष तामाङ पनि प्रारम्भिक टोलीमा परेका छैनन् ।
अभिषेक माल्दिभ्सको बी डिभिजन लिगमा व्यस्त रहदा दिनेश, सन्तोष र विमल हालै एन्फाको प्रतिबन्धबाट फुकुवा भएका छन् ।
प्रतिबन्धपछि अन्जन बिष्टले भने पुनरागमन गरेका छन् ।
प्रारम्भिक टोली :
विकेश कुथु, विशाल श्रेष्ठ, एलेन न्यौपाने, रजिन धिमाल, सुमन अर्याल, अमित तामाङ, सरोज दाहाल, अजित भण्डारी,छिरिङ गुरुङ, विकास खवास, अनन्त तामाङ, देबेन्द्र तामाङ, दिलेन लिक्तान, विशाल राई बी, सेसेहाङ आङ्देम्बे, तेज तामाङ, बिक्रम लामा, सुवास गुरुङ, मिक्छेन तामाङ,पुजन उपरकोटी, एरिक विष्ट, सुजल श्रेष्ठ, रबि पासवान, सुनिल बल, अन्जन बिष्ट, जर्ज प्रिन्स कार्की, दर्शन गुरुङ, भरत खवास, नवयुग श्रेष्ठ, आशिष लामा, विमल राना