काठमाडौं । त्रिभुवन आर्मी क्लबका कप्तान तथा फरवार्ड भरत खवास सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको उत्कृष्ट फरवार्ड चुनिएका छन् ।
शनिबार सम्पन्न लिगमा आर्मीलाई उपविजेता बनाउन उत्कृष्ट भूमिका खेलेका कप्तान भरत उत्कृष्ट फरवार्ड चुनिएका हुन् ।
यस्तै उत्कृष्ट मिडफिल्डर च्याम्पियन टिम मछिन्द्रका विशाल राई 'बी' चुनिए । उत्कृष्ट डिफेन्डर थ्री स्टारका अनन्त तामाङ, उत्कृष्ट गोलकिपर मनाङका दिप कार्की र उत्कृष्ट प्रशिक्षक मछिन्द्रका प्रवेश कटवाल चुनिए ।
उत्कृष्ट फरवार्ड, मिडफिल्डर, डिफेन्डर, गोलकिपर र प्रशिक्षकले जनही १ लाख ५० हजार प्राप्त गरे ।
यस्तै लिगका युवा खेलाडी बन्दै एनआरटीका दर्शन गुरुङले मणिविक्रम शाह स्मृति युवा खेलाडी अवार्ड पाए । उनले १ लाख प्राप्त गरे ।
विधागत अवार्ड विजेता -
उत्कृष्ट फरवार्ड - भरत खवास (आर्मी)
उत्कृष्ट मिडफिल्डर - विशाल राई 'बी' (मछिन्द्र)
उत्कृष्ट डिफेन्डर - अनन्त तामाङ (थ्री स्टार )
उत्कृष्ट गोलकिपर - दिप कार्की (मनाङ)
उत्कृष्ट प्रशिक्षक - प्रवेश कटवाल (मछिन्द्र)
युवा खेलाडी - दर्शन गुरुङ (एनआरटी)