काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको ४३ औं संस्करण शनिबारबाट सकिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला शनिबार लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले लिगमा ऐतिहासिक उपाधि जितेको हो । यो मछिन्द्रको पहिलो 'ए' लिग उपाधि हो ।
फाइनल सरह रहेको अन्तिम खेलमा मछिन्द्रको जितमा आत्मघाती गोल निर्णायक बन्यो । निकै रोमान्चक बनेको खेलको ३३ औं मिनेटमा आर्मीका विकास तामाङले आत्मघाती गोल गरेका थिए ।
उपाधिसँगै मछिन्द्रले ५० लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता आर्मीले ३५ लाखमा चित्त बुझाएको छ ।
एन्फाले यस सिजन शीर्ष ६ मा रहने टिमलाई पुरस्कृत गरिएको छ ।
कुन क्लबले कति पाए पुरस्कार ?
विजेता - मछिन्द्र - ५० लाख
उपविजेता - आर्मी - ३५ लाख
तेस्रो - मनाङ मर्स्याङ्दी क्लब - २५ लाख
चौंथो - थ्री स्टार क्लब - १५ लाख
पाँचौं - नेपाल पुलिस क्लब - ७ लाख
छैटौं - जावलाखेल युथ क्लब - ५ लाख