काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको अन्तिम खेलमा अहिले त्रिभुवन आर्मी क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला जारी खेलको पहिलो हाफ सकिदा मछिन्द्रले १-० को अग्रता बनाएको छ । खेलको ३३ औं मिनेटमा मछिन्द्रले आत्मघाती गोलबाट अग्रता बनाएको हो ।
रञ्जित धिमालको फ्रिकिक क्लियर गर्ने क्रममा आर्मीका विकास तामाङले आफ्नो पोस्टमा गोल गरेका थिए ।
फाइनल सरह रहेको लिगको अन्तिम खेलमा दुवै टिम जित निकाल्दै पहिलो पटक उपाधि उचाल्न चाहन्छ ।
अन्तिम खेलमा मछिन्द्रलाई जित अत्यावश्क रहेको छ । आर्मीलाई भने बराबरीले उपाधि जित्न प्रयाप्त हुनेछ ।
शीर्ष स्थानको आर्मीको २९ अंक रहदा मछिन्द्रको २८ अंक रहेको छ ।