काठमाडौं । त्रिभुवन आर्मी क्लबका गोलकिपर विकेश कुथुले चोट बोकेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला जारी सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको अन्तिम खेलमा मछिन्द्र फुटबल क्लबविरुद्धको खेलमा विकेशले चोट बोकेका हुन् ।
रञ्जित धिमालको फ्रिकिक क्लियर गर्ने क्रममा आर्मीका विकास तामाङले आफ्नो पोस्टमा आत्मघाती गोल गर्दा विकेशले चोट बोकेका हुन् । आत्मघाती गोल जोगाउने प्रयास गर्दा विकेश पोस्टमा ठोक्किएर घाइते भएका हुन् । उनलाई अस्पताल लगिएको छ ।
चोट बोकेपछि विकेश मैदानबाट बाहिरिएका छन् । उनको स्थानमा आर्मीले विश्वास चौधरीलाई मैदान छिराएको छ ।
विकेशको चोटको थप विवरण भने आउन बाँकी रहेको छ ।