एजेन्सी । जाडोन साञ्चो र हालाण्ड प्रेरित बोरुसिया डर्टमण्ड बुन्डेशलिगाको दोस्रो स्थानमा उक्लिएको छ ।
शुक्रबार राति भएको खेलमा फ्रेन्कफर्टलाई ४–० ले हराउँदै डर्टमण्ड तालिकाको दोस्रो स्थानमा उक्लिएको हो ।
लुकाज पिज्जाकले २० यार्ड टाढाबाट गोल गर्दै ३३ औं मिनेटमा डर्टमण्डलाई सुरुवाती अग्रता दिलाएका थिए ।
४९ औ मिनेटमा साञ्चोले डर्टमण्डको अग्रता दोब्बर बनाए ।
हालाण्डले ५४ औ मिनेटमा घरेलु टोलीलाई ३–० को स्थितीमा पुर्याएका थिए ।
राफेल गुरेरोले ७४ औ मिनेटमा गोल गर्दै डर्टमण्डलाई फराकिलो जित दिलाए ।

सबै प्रतियोगिता गरि साञ्चोले पछिल्ला १४ खेलमा १२ गोल गरेका छन् । नर्वेका फरवार्ड हालाण्डले पछिल्ला ६ खेलमा ९ गोल गरेका छन् । उनले सुरुवाती ५ लिग खेलमा ८ गोल गरेका थिए ।
जितसंगै डर्टमण्ड ४२ अंक सहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको बार्यन म्युनिखको ४३ अंक छ । फ्रेन्कफर्ट २८ अंक सहित नवौं स्थानमा छ ।