काठमाडौं । भारतीय महिला फुटबल लिगमा नेपालकी सावित्रा भण्डारी सर्वाधिक गोलकर्ता बनेकी छिन् ।
शुक्रबार भएको फाईनलमा गोकुलमलाई च्याम्पियन बनाउन निर्णायक गोल गरेकी सावित्राले प्रतियोगितामा १६ गोल गरेकी हुन् ।
सर्वाधिक गोलकर्ता बन्दै सावित्राले एक लाख भारतीय रुपैयाँ प्राप्त गरिन् ।
कुल १३ गोल गरेकी सन्ध्या दोस्रो स्थानमा रहिन ।
शुक्रबार भएको फाईनलमा सावित्रा प्रेरित गोकुलमले क्रिप्सा एफसीलाई ३–२ गोल अन्तरले हराउँदै भारतीय लिगको उपाधि जितेको थियो ।
गत सिजन सेथुबाट ब्यवसायीक भारतीय लिग खेलेकी सावित्राले नयाँ सिजन गोकुलमलाई रोेजेकी थिईन् । उनले भारत उड्नु अघि गोकुलमलाई लिग जिताउने मुख्य उद्देश्य रहेको खेलपाटीलाई बताएकी थिईन् ।
गोकुलमको उपाधि यात्रामा सावित्रासंगै प्रमेश्वरी देवी र कमला देवीले गोल गरेका थिए । क्रिप्साका लागि रतनबाला र डाङमेईले एक एक गोल गरे ।
फाईनल खेलमा सावित्राले खेलको ८७ औ मिनेटमा विजयी गोल गरेकी थिईन् । सावित्राले प्रतियोगिता अवधिभर फाईनल सहित १६ गोल गर्न सफल रहिन् ।
गोकुलमलाई फाईनलमा पुर्याउन सावित्राले सेमिफाईनलको खेलमा दुई गोल गरेकी थिईन् । यस्तै समूह र छनोट चरणको खेलमा उनले १३ गोल गरेकी थिईन् ।
लिगको पहिलो खेलमा श्रीमूमीबिरुद्द विजयी गोल गरेकी सवित्राले दोस्रो खेलमा केन्क्रीबिरुद्द ह्याट्रिक सहित पाँच गोल गरेकी थिईन् ।
यस्तै, लिगको तेस्रो खेलमा ओडिसा पुलिसबिरुद्द ह्याट्रिक सहित ५ गोल गरेकी सावित्राले बेङ्गलोरबिरुद्द एक र बिदेशबिरुद्द एक गोल गरेकी थिईन् ।