पुनर्वास । धनगढी उपमहानगरपालिका प्रथम मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
पुनर्वासमा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा गोदावरी नगरपालिकालाई १-० गोल अन्तरले हराउँदै धनगढी उपमहानगरपालिका उपाधि नजिक पुगेको हो ।
धनगढीको जितमा सन्दीप कुँवरले निर्णायक गोल गरे । उनले फ्रिकिकमा उत्कृष्ट गोल गरेका थिए ।
अब धनगढी उपमहानगरपालिकाले उपाधिका लागि आयोजक पुर्नवास नगरपालिका निलोसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको विजेताले ३ लाख नगद प्राप्त गर्दा दोस्रोले २ लाख नगद पाउने छन् । प्रतियोगिताको बेस्ट प्लेयरलाई दश हजार नगद र बेस्ट स्कोररलाई सात हजार नगद तथा बेस्ट किपर, राइजिङ प्लेयर र बेस्ट डिफेन्सलाई पाँच हजारले पुरस्कृत गरिने छ ।