काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको अन्तिम चरणको खेल अन्तर्गत अहिले विभागीय टिम एपीएफ क्लब र ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा एपीएफले ब्रिगेडविरुद्ध १-० को अग्रता बनाएको छ ।
खेलको ४४ औं मिनेटमा आशिष लामाले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका हुन् । यस गोलसँगै लिगमा सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा रहेका आशिषले ९ गोल पुरा गरेका छन् ।

आज दुवै टिम जित निकाल्दै लिगको सुखद अन्त्य गर्न चाहन्छन् ।
एपीएफ ८ अंक सहित तालिकाको १३ औं स्थानमा रहँदा समान अंक जोडेको ब्रिगेड १२ औं स्थानमा छ ।