पुनर्वास । आयोजक पुर्नवास नगरपालिकाको निलो टीम र गोदावरी नगरपालिकाले मेयर कप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।
कंचनपुरमा आइतबार भएको खेलमा पुर्नवासले कृष्णपुर नगरपालिकालाई २–१ ले हरायो । पुर्नवास निलोका लागि रुपेश तामाङले एक गोल गरे । कृष्णपुरका मनोज चौधरीले एक गोल फर्काए ।
दोस्रो खेलमा गोदावरीले वोराडाँडी गाउँपालिकालाई ४–१ ले हरायो । गोदावरीको जितमा अशोक चौधरीले ह्याट्रिक गरे । यस्तै नरेन्द्र चौधरीले एक गोल गरे । वोराडाँडीका विवेक रोकायाले एक गोल फर्काए ।
पुनर्वास नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगितामा सोमबार पनि दुई खेल हुनेछन् । पहिलो खेलमा वेलौरी नगरपालिका र कैलारी गाउँपालिका तथा दोस्रो खेलमा पुर्नवास नगरपालिका रातो र लालझाडी गाउँपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा कैलाली कञ्चनपुर र वर्दियाका गरी १२ वटा स्थानीय तहका टिमले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको विजेताले ३ लाख पाउँदा उपविजेताले २ लाख पाउने छन् ।