• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
फिफा ब्याज लिएर रेफ्री गायब !
नमीन ढकाल
आइतबार, माघ १२, २०७६ नमीन ढकाल
फिफा ब्याज लिएर रेफ्री गायब !
लिगमा पुलिस र थ्री स्टारबीचको खेल खेलाउँदै फिफा सहायक रेफ्री पदम बहादर भुजेल । फोटो : सरोज

काठमाडौं । फिफा सहायक रेफ्री पदम बहादुर भुजेल फिफा ब्याज लिएर सम्पर्क विहिन भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सञ्चालन भईरहेको शीर्ष डिभिजनको लिग छाडेर पदम विदेशिएका हुन् ।

काठमाडौंमा सहिद स्मारक ए डिभिजन लिगका खेल चलिरहँदा पदम रोयल गार्डका लागि दुबईतर्फ लागेको बुझिएको छ ।

शीर्ष डिभिजनको लिग अगाडी एन्फाले १२ जना महिला तथा पुरुष रेफ्रीलाई फिफा ब्याज २०२० हस्तान्तरण गरेको थियो । जसमा पदम समेत सहभागी थिए ।

हाल एन्फामा ४ पुरुष फिफा रेफ्री, ६ सहायक पुरुष रेफ्री रहेका छन् । यस्तै महिलातर्फ समान एक एक जना रेफ्री र सहायक रेफ्रीमा छन् ।

एन्फाले हरेक बर्ष नेपालमै फिटनेश जाँच गर्दै रेफ्रीको नविकरण गर्न एएफसीमा नाम पठाउने गरेको छ । पछिल्लो समय रेफ्री ब्याजको नविकरण नेपालमै हुँदै आएको छ ।

एन्फाले सेप्टेम्बर अन्तिम साता फिफालाई नाम पठाउने गरेको छ । सोही महिनाको अन्तिम सातामा फिफाले एन्फाले पठाएको नामलाई स्विकृती प्रदान गर्दै आएको छ ।

फिफाले स्विकृत गरेको नामलाई एन्फाले फिफा ब्याज दिदै आएको छ । यसपटक भने एन्फाले डिसेम्बरको अन्तिम साता १२ रेफ्रीलाई ब्याज हस्तान्तरण गरेको थियो ।

एन्फाले ब्याज दिने र आफु विदेशीने तय हुँदा हुँदै पदमले ब्याज लिएकोमा अन्य रेफ्रीले गुनासो गरेका छन् ।

लिग खेलाईरहेका एक रेफ्री भन्छन् ‘आफु विदेश जाने तय भएको रहेछ । यस्तो अवस्था उनले पहिल्यै फिफा ब्याज छोड्नपर्ने थियो । नयाँले मौका पाउन्थ्यो ।’

उमेरले ३५ कटिसकेका पदकले सन् २००७ मा बेसिक रेफ्री कोर्ष गरेका थिए । उनले सन् २०११ बाट फिफा ब्याज पाउदै आएका थिए । चालू लिगमा ३ खेलमात्रै खेलाएका उनी त्यसयता भने देखिएका छैनन् ।

यता, रेफ्री संघलाई भने पदमको बारेमा कुनै जानकारी आएको छैन । पदमले पारिवारिक समस्या देखाउँदै संघबाट छुट्टी लिएको संघका पदाधिकारी बताउँछन् । 

रेफ्री कमिटीका सदस्य बुद्धि गुरुङ यस विषयमा आफुलाई कुनै जानकारी नभएको बताउँछन् ।

‘पदम बाहिर गएको कुनै जानकारी भएको छैन । उनले केही समय अघि बुबा बिरामी हुनुहुन्छ भनेर बिदा मागेका थिए । मैले हुन्छ भनेको हो । तर विदेश गएको कुनै जानकार आएको छैन ।’ उनी भन्छन् ।

गुरुङले अन्तिम पटक पदमको श्रीमतीलाई फोन गर्दा घर गएको जानकारी गराएका थिए ।

सत्य तथ्य बुझेपछि संघले पदमलाई कारबाही गर्ने गुरुङले बताएका छन् ।

एन्फाले २० जना ए श्रेणीका रेफ्रीलाई लिगका लागि स्विकृती प्रदान गरेको छ । जसमा पदम पनि छन् ।

फिफा रेफ्रीसँगै एएफसीले आफ्नो एकेडेमीबाट उत्पादित एलिट प्यानल रेफ्रीको प्रयोग गर्दै आईरहेको छ ।

सन् २००० बाट सुरु एलिट प्यानलमा पुर्व रेफ्री ज्ञानीराजा श्रेष्ठ, सुरेन्द्र सिख्राकार, श्याम लामा र विनोद के सीले एएफसीले आयोजना गर्ने केही खेल सञ्चालन गरेका छन् । रेफ्री करियरबाट टाढिएका चारै जनालाई उच्च श्रेणीको मानिन्छ ।

पदम बेपत्ता भएपछि अब राष्ट्रिय सहायक रेफ्रीहरु किसन यादव, बिक्रम चौधरी र गणेश चौधरी मध्य एकले रिक्त रहेको ब्याज पाउने छन् । कमिटी सदस्य गुरुङ प्रतिस्पर्धाबाट एक रेफ्रि चयन हुने बताउँछन् ।

हाल फिफा रेफ्री : सुदिस कुमार पाण्डे, नविद्र महर्जन, श्रवण कुमार तामाङ, कविन ब्यन्जनकार र अस्मिता मानन्धर

फिफा सहायक रेफ्री  : रोजेन श्रेष्ठ, नानि राम थापा, पदक बहादुर भुजेन –गायब), माधब खत्री, युनाल मल्ल, सहदेभ श्रेष्ठ र बिना श्रेष्ठ

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुटानसँग सजग नेपाल
भुटानसँग सजग नेपाल
७–० को हारलाई ‘सरप्राइज’ नमानेको नेपाली टोली
७–० को हारलाई ‘सरप्राइज’ नमानेको नेपाली टोली
नेपालको सधैंको कठिन प्रतिद्धन्दी भारत
नेपालको सधैंको कठिन प्रतिद्धन्दी भारत
नेपाली फुटबलमा  ‘प्रोफेसनलिज्म’ नै छैन !
नेपाली फुटबलमा ‘प्रोफेसनलिज्म’ नै छैन !
विक्रमसँगै सन्न्यास लिएको नेपाली फुटबल
विक्रमसँगै सन्न्यास लिएको नेपाली फुटबल
रोकिएला बार्सिलोना ?
रोकिएला बार्सिलोना ?
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
हार्न होइनौं, जित्न ताजकिस्तान आएका हौं : नवीन
हार्न होइनौं, जित्न ताजकिस्तान आएका हौं : नवीन
प्रिमियर र क्वासन च्याम्पियन
प्रिमियर र क्वासन च्याम्पियन
अपराजित रहँदै संकटा एन्फा महिला लिगमा छनोट
अपराजित रहँदै संकटा एन्फा महिला लिगमा छनोट
देशलाई पदक दिलाउन माहिर विजय
देशलाई पदक दिलाउन माहिर विजय
नेपाल र वेस्ट इन्डिजबीच हुने सिरिजको खेल तालिका हेरफेर
नेपाल र वेस्ट इन्डिजबीच हुने सिरिजको खेल तालिका हेरफेर
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP