काठमाडौं । नेपाली राष्ट्रिय टोलीका सदस्य अनिता बस्नेत रहेको सेथु एफसीले भारतको हिरो महिला लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।
शुक्रबार भएको पहिलो खेलमा सेथुले कोल्हापुर सिटीलाई ५-० गोल अन्तरले हराएको हो ।
बैंगलोर फुटबल स्टेडियममा सेथुका लागि सन्ध्याले ह्याट्रिक गरिन् । त्यस्तै आम्साभाली र सुमिथ्राले एक एक गोल गरिन् ।
साविक विजेता समेत रहेको सेथुको पहिलो खेलमै मिडफिल्डर अनिताले मैदान उत्रने मौका पाएकी थिइन् । अनिता लगातार दोस्रो सिजन सेथुबाट खेलिरहेकी हुन् ।
