काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले च्यासल युथ क्लब र ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा गरिरहेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा च्यासल र ब्रिगेडले गोलरहित बराबरी खेलेका छन् ।
पहिलो हाफमा दुवै टिमले गोलको उत्कृष्ट अवसर सिर्जना गर्न सकेनन् ।
आज दुवै टिम जित निकाल्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा रहेका छन् ।
च्यासल ७ खेलमा ६ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
ब्रिगेड ७ खेलमा ८ अंक सहित तालिकाको नवौं स्थानमा रहेको छ ।
च्यासल प्लेईङ सेट -
एलेन न्यौपाने, हेमन्त थापा,सन्तोष साहुखल,छिरिङ गुरुङ, अविशेक लिम्बु,नितिन थापा, हायातो वाकिनो,ताइगा नाकामुरा,मुहमद आसिफ,सुनिल खड्का, बिक्रम लिम्बु
ब्रिगेड प्लेईङ सेट -
अनिल गुरुङ,जया गुरुङ,मनोज राई,पदम भट्टराई,रोशन राना मगर,रन्दिप पौडेल,विजय गुरुङ,विशाल सुनार,मोहमद सौकात,ऋतिक कुमार खड्का, जर्ज बिनसेन्ट