काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले साविक विजेता मनाङ मर्स्याङ्दी क्लब र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा अचम्मको घटना भएको छ ।
मनाङले गोल गरेपनि पोस्टको जाली प्वाल परेको कारण गोलको मान्यता पाएँन ।
खेलको १५ औं मिनेटमा निशान लिम्बुले डिबक्सभित्रबाट प्रहार गरेको बलले जाली चुमेको थियो । तर, निशानको पावरफुल सटको कारण बल पोस्टको जालीबाट बाहिर निस्किएको थियो ।
पोस्टको जाली प्वाल परेको कारण बल जालीबाट बाहिर निस्किएपछि रेफ्री श्याम दनुवारले त्यसलाई गोलको मान्यता नदिएका हुन् ।
खेलअघि लाइन्सम्यान रेफ्रीले पोस्टको जाली राम्ररी निरीक्षण नगर्दा यस घटना घटेको हो ।
खेलमा असिस्टेन्ट रेफ्रीहरु गणेश चौधरी र नानी राम थापा मगर रहेका छन् ।
