काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले साविक विजेता मनाङ मर्स्याङ्दी क्लब र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा मनाङले अग्रता बनाएको छ ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको सुरुवातमै मनाङले गर्त बनाएको हो ।
खेलको ४६ औं मिनेटमा विमल रानाले गोल गर्दै मनाङलाई अग्रता दिलाएका छन् ।