एजेन्सी । ला लिगाको महारथी क्लब एट्लेटिको मड्रिड कोपा डेल रे फुटबलमा तेस्रो श्रेणीको क्लबसंग पराजित भएको छ ।
अन्तिम १६ का लागि भएको खेलमा एट्लेटिकोले स्तब्धपूर्ण नतिजा आत्मसाथ गरेको हो ।
शुक्रबार राति भएको खेलमा एट्लेटिको तेस्रो श्रेणीको क्लब कल्चरल लियोनिसासंग २–१ ले पराजित बन्यो ।
सर्जियो बेनिटोले अतिरिक्त समयमा गरेको भली गोल एट्लेटिकोलाई स्तब्धपूर्ण नतिजा देखाउन पर्याप्त रह्यो ।
खेलको ६२ औं मिनेटमा एन्जल कोरियाले गोल गर्दै एट्लेटिकोलाई सुरुवाती अग्रता दिलाएका थिए ।
जुलन केस्टानेडाले ८३ औ मिनेटमा बराबरी गोल गर्दै खेललाई अतिरिक्त समयमा धकेलेका थिए ।
सन् २०११ पछि पहिलो पटक एट्लेटिको तल्लो श्रेणीको क्लबसंग हारेको हो ।
एट्लेटिकोले लगातार तीन खेलमा हार ब्यहोरेको छ ।
शनिबार लिगको खेलमा एट्लेटिको ईबरसंग हारेको थियो । त्यस्तै स्पेनिस सुपर कपको फाईनलमा गत शनिबार रियल मड्रिडसंग एट्लेटिको पराजित भएको थियो ।