• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
जावलाखेलसँग एपीएफ पराजित
खेलपाटी संवाददाता
बिहीबार, माघ ९, २०७६ खेलपाटी संवाददाता
जावलाखेलसँग एपीएफ पराजित

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहिबार १० खेलाडीमा सिमित जावलाखेलले विभागीय टिम एपीएफ क्लबलाई १-० गोल अन्तरले हराएको हो ।

जावलाखेललाई जित दिलाउन विदेशी खेलाडी फोडे फोफानाले निर्णायक गोल गरे । फोफानाले खेलको ७१ औं मिनेटमा गोल गरेका हुन् ।

खेलको ५७ औं मिनेटमा जावलाखेल १० खेलाडीमा समेटिएको थियो । गोलकिपर टेकेन्द्र थापाले रातो कार्ड पाएपछि जावलाखेलले १० खेलाडीमा रहेर खेलेको थियो ।

एपीएफका आशिष लामासँग वान भर्सेस वानमा अवस्थामा डिबक्सको ठिक बाहिर ह्याण्ड गरेपछी रेफ्री कबिन ब्यन्जनकारले गोलरक्षक टेकेन्द्रलाई सिधै रातो कार्ड देखाएका थिए । तर, एपीएफले त्यसको फाइदा उठाउन सकेन ।

त्यसअघि खेलको पहिलो हाफमै गोल गरेको थियो । तर, सातौं मिनेटमा आशिष लामाको चिप गोललाई रेफ्री कबिनले अफ साइडको इशारा गर्दा एपीएफ अग्रता बनाउन असफल भएको थियो ।

यस्तै १३ औं मिनेटमा आशिषको २० यार्डबाट हानेको फ्रिकिकलाई टेकेन्द्रले पन्च गरेर बाहिर फ्यालेका थिए । पहिलो हाफको अन्तिम समयमा पाएको सुन्दर मौकालाई आशिषले पुनः पोस्टको दिशा दिन सकेनन् ।

खेलको ६९ मिनेटमा जावलाखेलले गोल गर्ने सुन्दर मौका पाएको थियो । तर, उसका सुजित बुढाथोकी चुके । रुप बहादुर लामाले प्रहार गरेको बल एपीएफका गोलरक्षक राजु योगीले पन्च गर्दा आएको रिबाउण्ड बललाई सुजितले पोस्टको दिशा दिन सकेनन् ।

खेलमा जावलाखेलका फोडे म्यान अफ दि म्याच चुनिए ।

एपीएफमाथिको जितसँगै जावलाखेल लिगको पाँचौं स्थानमा उक्लिएको छ । जावलाखेलले ८ खेलमा १२ अंक जोडेको छ ।

पराजित एपीएफ ८ खेलमा ५ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

के भन्छन् प्रशिक्षक ?

एपीएफका प्रशिक्षक राजेन्द्र तामाङ टिमको प्रदर्शनबाट चिन्तित देखिए ।

'फुटबलमा कस्ले बाजी मार्छ थाहा हुँदैन । जित्ने प्रयास गरेको हो । हामीले खेलाउन जानेनौ भनौ अब । खेलाडीमा पनि समस्या आयो,' तामाङले भने, 'हामी गाह्रो अवस्थामा छौँ। पुछारबाट माथि उठ्न गार्हो छ ।'

यस्तै तामाङले पाएको मौकाको फाइदा उठाउन समेत नसकेको बताए ।

'आशिष लामाले पाएको मौकामा गोल नहुदा गाह्रो भयो । डिफेन्सको गल्तिले गोल खायौं । खेलाडीमा ज्ञान नहुँदा १० खेलाडीलाई रोक्न सकेनौ । अत्तालिएर खेलेको जस्तो भयो,' उनले थपे ।

जावलाखेलका प्रशिक्षक नरेश थापाले अट्याकिङ खेल्दा जित निस्किएको बताए ।

'दुई खेल हार्दा अट्याकिङ खेलेका थियौं । यसपटक डिफेन्स खेल्दै अट्याक गर्यौ जसले जित दिलायो,' उनले भने, '१० जना हुँदा पनि खेलाडीले जोस बढाएर खेले । गोल गरेपछी डिफेन्स खेल्यौं । एपीएफले खासै राम्रो खेलेन ।'

जावलाखेल प्लेईङ सेट -
गौतम श्रेष्ठ, कुलदिप कार्की,सुरज ठकुरी,टेकेन्द्र थापा,रुप बहादुर लामा, एडमा डोम्बिया, फोडे फोफाना,दिलन लोक्ताम,विजय घलान,सिमान्त थापा, मनिष पौडेल

एपीएफ प्लेईङ सेट -
राजु योगी, सुदीप शिख्राकार,नबिन लामा,रमेश दंगाल,युवराज खड्का,आशिष लामा,विरेन्द्र यादब,बुद्धिमान राई,टोप बहादुर बिष्ट, आकाश बुढामगर,रबि थिङ

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
डेब्यु खेलमै पूजाको गोल
डेब्यु खेलमै पूजाको गोल
असाधारण यमल
असाधारण यमल
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
बार्सिलोनाले जित्यो  लगातार छैटौं पटक स्पेनिस महिला लिग
बार्सिलोनाले जित्यो लगातार छैटौं पटक स्पेनिस महिला लिग
१८ वर्षपछि वेस्ट ह्यामले युनाइटेडलाई हरायो
१८ वर्षपछि वेस्ट ह्यामले युनाइटेडलाई हरायो
umbro nepal
  • ताजा समाचार
  • खेल आज
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
डिएभी च्याम्पियन
डिएभी च्याम्पियन
डेब्यु खेलमै पूजाको गोल
डेब्यु खेलमै पूजाको गोल
असाधारण यमल
असाधारण यमल
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP