एजेन्सी । रियल मड्रिड कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।
बुधबार राति भएको खेलमा तेस्रो डिभिजनको क्लब युनियनइस्टासलाई ३-१ गोल अन्तरले पराजित गर्दै रियल अन्तिम १६ मा पुगेको हो ।
युनियनइस्टासको मैदानमा १८ औं मिनेटमा ग्यारेथ बेलले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।
यससँगै सेप्टम्बरपछि बेलले रियलका लागि पहिलो गोल गरे ।

५७ औं मिनेटमा अल्भारो रोमेरोले गोल गर्दै घरेलु टोलीलाई १-१ गोलको बराबरीमा फर्काए ।
खेलको ६२ औं मिनेटमा घरेलु टोलीका जुवान गोङ्गोराले आत्मघाती गोल गर्दा रियल २-१ ले अघि रह्यो । त्यसपछि खेलको ९० औं मिनेटमा ब्राहिम डियाजले गोल गर्दै रियललाई ३-१ को जित दिलाए ।