एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा वर्नलीले म्यान्चेष्टर युनाईटेडलाई हराएको छ ।
बुधबार राति भएको खेलमा वर्नलीले युनाईटेडलाई २–० गोल अन्तरले हराएको हो ।
क्रिस उड र जय रोडिग्वेजले गोल गरेपछि ओल्डट्राफोर्डमा वर्नलीले घरेलु टोलीमाथि शानदार जित निकालेको हो ।
पछिल्लो हारले प्रशिक्षक आले गुनर सोल्सायरमाथि दबाब थपिएको हो । युनाईटेडले तालिकामा स्थान सुधार गर्ने मौका समेत गुमाएको छ ।
३९ औं मिनेटमा उडले गोल गर्दै वर्नलीलाई सुरुवाती अग्रता दिलाए । ५६ औ मिनेटमा रोड्रिग्वेजले अग्रतालाई दोब्बर बनाउने काम गरे ।

युनाईटेड मुख्य फरवार्ड मार्कुस रासफोर्ड बिना मैदानमा थियो । उनी चोटका कारण अनुपस्थित थिए ।
पछिल्लो हारले युनाईटेड चौथो स्थानको चेल्सी भन्दा ६ अंकले पछाडी परेको छ । वर्नली ३० अंक सहित तालिकाको १३ औं स्थानमा छ ।