काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा अहिले त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा आर्मीले १-० को अग्रता बनाएको छ ।
पहिलो हाफ गोलरहित बराबरी खेलेको आर्मीले दोस्रो हाफमा अग्रता बनाएको हो । खेलको ५८ औं मिनेटमा कप्तान भरत खवासले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका हुन् ।