काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा अहिले त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा आर्मी र च्यासलले गोलरहित बराबरी खेलेका छन् ।
पहिलो हाफमा दुवै टोलीले पाएको केहि अवसरलाई गोलमा परिणत गर्न सकेनन् ।
आज आर्मी जित निकाल्दै शीर्ष स्थानको अग्रता ३ अंकको बनाउन चाहन्छ ।