काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा अहिले ब्रिगेड ब्वाइज र संकटा क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा ब्रिगेड र संकटाले गोलरहित बराबरी खेलेका छन् ।
खेलमा दुवै टोलीले पाएको अवसर गुमाउँदा बराबरी खलेको हो ।
बल पोजिसनमा संकटाले पकड जमाएपनि सकेन ।
लिगको ६ खेलमा संकटाले २ जित, २ बराबरी र २ हार सहित ८ अंक जोडेर तालिकाको आठौं स्थानमा छ । ब्रिगेड २ जित, ३ हार र १ बराबरी गर्दै ७ अंक जोडेर तालिकाको दशौं स्थानमा छ ।
गत सिजनको लिगमा अप्रत्यासित नतिजा निकालेको संकटा यसपटक सोही प्रर्दशन र नतिजा दोहोर्याउन सकेको छैन ।