एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबलमा साविक विजेता वायर्न म्युनिखले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा वायर्नले हेर्थ बर्लीनलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
बर्लीनको मैदानमा थोमस मुलरले ६० औं मिनेटमा गोल गर्दै वायर्नलाई अग्रता दिलाए ।
७३ औं मिनेटमा रोबर्टो लेवान्डोस्कीले गोल गर्दै वायर्नको अग्रता २-० को बनाए । ७६ औं मिनेटमा थियागोले गोल गर्दा वायर्नको अग्रता दोब्बर बन्यो ।
त्यसपछि खेलको ८४ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै वायर्नलाई ४-० को जित दिलाए ।

जितसँगै वायर्नले १८ खेलमा ३६ अंक जोडेको छ । वायर्न लिगको दोस्रो स्थानमा रहेको छ ।
पराजित बर्लीन १९ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।
