एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।
आइतबार भएको भएको खेलमा लोरिन्टलाई १-० गोल अन्तरले पराजित गर्दै पीएसजी अन्तिम १६ मा पुगेको हो ।
पीएसजीको जितमा पाब्लो साराबियाले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८० औं मिनेटमा साराबियाले निर्णायक गोल गरेका थिए ।
अब पीएसजीले अन्तिम १६ मा पाउ फुटबल क्लबसँग खेल्नेछ ।
