एजेन्सी । क्रिस्टियानो रोनाल्डोको दुई गोलको सहयोगमा युभेन्ट्सले सिरि ए फुटबलमा जित निकालेको छ ।
आईतबार राति भएको खेलमा युभेन्ट्सले पर्मालाई २–१ गोल अन्तरले हराएको हो ।
युभेन्ट्सको जितमा दुवै गोल रोनाल्डोले गरे ।
रोनाल्डोले ४३ औं मिनेटमा गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए । एन्ड्रियास कार्नेलियसले ५५ औं मिनेटमा हेडमार्फत गोल गर्दै पार्माका लागि बराबरी गोल फर्काए ।
त्यसको तीन मिनेटपछि रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई खेलमा अगाडी बढाएका थिए ।
पाउलो ड्याबालाको पासलाई सदुपयोग गर्दै रोनाल्डोले गोल गर्न सफल रहे ।
दोस्रो हाफमा रोनाल्डोको ह्याट्रिकको नजिक समेत पुगेका थिए । तर कठिन कोणबाट रोनाल्डोको प्रहार गोलकिपर लुईगी सेपले बचाउ गरे ।
जितसंगै युभेन्ट्सले सिरि ए फुटबलमा दोस्रो स्थानको ईन्टर मिलानसंग ४ अंकको अग्रता लिएको छ ।
शीर्ष स्थानको युभेन्ट्सको ५१ अंक छ । पर्मा २८ अं सहित सातौं स्थानमा छ ।