एजेन्सी । लियोनल मेस्सीको गोलमा बार्सिलोनाले स्पेनिस लिगमा जित दर्ता गराएको छ ।
आईतबार राति भएको खेलमा बार्सिलोनाले ग्रानाडालाई १–० गोल अन्तरले हराएको हो ।
बार्सिलोनालाई जित दिलाउन मेस्सीले ७६ औं मिनेटमा विजयी गोल गरे ।
मेस्सीले जित सहित नयाँ प्रशिक्षक क्विक सेटिनलाई क्लबमा स्वागत गरेका छन् । अर्नेस्टो भाल्भर्डेलाई बर्खास्त गर्दै सेटिनलाई बार्सिलोनाले नयाँ प्रशिक्षकमा नियुक्त गरेको थियो ।
डेब्यु खेलमै सेटिनले जित प्राप्त गरेका छन् ।

६९ औ मिनेटमा साञ्चेज रातो कार्ड खादै मैदान बाहिरिएपछि ग्रानाडा १० खेलाडीमा सिमित बनेको थियो ।
बार्सिलोनाले अधिकाशं समय बलमा पोजिसन लिएपनि गोल गर्न भने सकेन । तर ग्रानाडाले उत्कृष्ट डिफेन्सको नमुना प्रस्तुत गर्दै बार्सालाई रोक्न सफल भएको थियो ।
जब डिफेन्डर साञ्चेज कार्ड खादै मैदान बाहिरिए, मेस्सीले गोल गर्न सफल रहे ।
मेस्सीको गोलसंगै बार्सिलोना ४३ अंक सहित तालिकाको शीर्ष स्थानमा फर्किएको छ । ग्रानाडा २७ अंक सहित तालिकाको १० औं स्थानमा छ ।