एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले सहज जित निकालेको छ ।
एनफिल्डमा आइतबार राति भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन भिर्गिल भान डाइक र मोहमद सलाहले एक एक गोल गरे ।
युनाइटेडविरुद्ध सहज जित निकाल्ने क्रममा लिभरपुलले दुबै हाफमा एक एक गोल गरेको थियो ।

खेलको १४ औं मिनेटमा भान डाइकले हेडबाट गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । ट्रेन्ट आर्नोल्डको कर्नरमा डाइकले उत्कृष्ट हेड गोल गरेका थिए ।
त्यसपछि खेलको इन्जुरी समयमा सलाहले गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए ।
जितसँगै लिभरपुलले लिगमा अपराजित यात्रा कायम राखेको छ । र, लिभरपुलले लिगमा १६ अंकको अग्रता समेत बनाएको छ ।

लिभरपुलले २२ खेलमा २१ जितसहित ६४ अंक जोडेको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीको ४८ अंक रहेको छ ।
लिभरपुलसँग पराजित युनाइटेडको ३४ अंक रहेको छ । युनाइटेड लिगको पाँचौं स्थानमा रहेको छ ।
