काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले फ्रेन्ड्स क्लब र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिदा फ्रेन्ड्सले २-० गोलको अग्रता बनाएको छ ।
खेलको पाँचौं मिनेटमा उत्तम राईले गोल गर्दै फ्रेन्ड्सलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि खेलको २४ औं मिनेटमा ब्राजिलियन खेलाडी साउलो डी अक्विनोले गोल गर्दै फ्रेन्ड्सलाई २-० को अग्रता दिलाए ।